• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 10:38 pm

धम्बोझी चोकको बूढो टाँगावाल

जीवनमा धेरै कुरा छुट्छन् । 
हामी पनि छोडिएर नै बनेका हौँ । करोडौँ स्पर्म र सयौँ ओभम छुटेर बनेका हौँ । 

पानी खान कुवामा जाँदा चाहिनेजति मात्र पानी उभाएर पिउँछौँ, बाँकी सबै छोडिन्छ । सास फेर्दा पनि चाहिनेजति मात्र हावा लिन्छौँ, बाँकी सबै छोडिन्छ । बजारमा धेरै किताब हुन्छन् । चाहिने मात्र किन्छौँ, बाँकी सबै छुट्छन् ।
आख्यान लेख्दा पनि धेरै पात्र छोडिन्छन् । मैले पनि धेरै पात्र छोडेको छु । केहीलाई छान्न धेरैलाई छाड्नुपर्ने प्रकृतिको नियममा जीवन बाँधिएको छ । यसरी बाँधिएको जीवन वेलावेलामा फुस्किन खोज्छ । कहिले फुस्किदिन्छ । फुस्किँदा छानेका जीवनका कुरा पनि छुटेर जान्छन् ।

धेरै प्रेम छोडिएर एउटा प्रेमसँग जीवन जोडिन्छ । गाडीमा यात्रा गरिरहेका वेला कति राम्रा–राम्रा दृश्य देखिन्छन्, ती दृश्य केही बेरसम्म देखिरहन मन लाग्छ । तर, छोडिन्छन् । समुद्रको लहर कुनै वेला त यसरी आइदिन्छ, मानौँ चन्द्रमा छुने यात्रामा उठेको हो । त्यो एकैछिनमा छुटिहाल्छ ।
तोरी फुलेपछि तोरीबारी त सुनबारीजस्तै देखिन्छ । केही समयमै त्यो पनि छुटेर जान्छ । 

मानिस त मरेर जान्छ, तर मानिसको कथा मरेर जान दिनुहुँदैन भनेर नै लेखकको जन्म भएको होला । या उसका अटेसमटेस भावना र विचार छुटेर जान दिनुहुँदैन भनेर लेखकको जन्म भएको होला । या कुनै प्रेमीले आफ्नी प्रेमिकालाई लेख्दालेख्दै लेखकको जन्म भएको होला ।

जीवन र जगत्बाट छुटेर गए पनि अक्षरमा छुटाउनुहुँदैन भनेर प्रकृति र पात्रहरूलाई लेखकले जति लेखे पनि धेरैजसो ती छुटेका हुँदा रहेछन् ।
छुट्नुले प्राप्तिको महत्व कति बढाएको छ रु पाउनेलाई नै सोध्नुपर्छ । सायद पाउनेले प्राप्तिको आनन्द बताउने शब्द पाउँदैन । त्यसैले, कि ऊ आँसु खसाउँछ कि हाँसो फुलाउँछ । 
लाग्छ, मैले सयौँ पात्र छुटाएको छु र असाध्यै कम पात्रलाई लेखेको छु ।
०००
०६५ सालको कुरा । बिहानैदेखि नेपालगन्जको त्रिभुवन चोकमा भिड थियो । त्यो भिड कसैले आफ्नो पसिना किन्छ कि भनेर जम्मा भएको थियो ।
मानिसहरूले कामदारका रूपमा केहीलाई छानेर लगे । केही यसै काम नपाएर घर फर्किए । एउटा किशोर हुनै लागेको बालक भने कसैले नछाने पनि उभिइरह्यो ।
उसको कथासँग नजिकिन मन लागेर उसको नजिकै गएँ । नजिक गएर उसको कथा सुन्न र त्यो कथालाई छाम्न मन थियो । सबै मानिसको आ–आफ्नै स्वार्थ हुन्छ । एउटा लेखकको स्वार्थ अरूको कथा जान्नु हो ।
‘काम चाहिएको छ दाइ १’ म नजिएको देखेर उज्यालो अनुहार बनाउँदै उसले सोध्यो ।
मलाई भन्न मन लागेको थियो– होइन, कथा 
चाहिएको छ ।
म खिसिक्क हाँसेँ र एउटा आँखा चिम्लिएर उसको फोटो खिचेँ । ऊ लजायो र बिस्तारै आफैँसँग बोलेझैँ भन्यो, ‘कुइरेजस्तो त छैन । तर, यो मान्छेले मेरो फोटो किन खिच्यो ?’
म अझ नजिक गएँ र सोधेँ, ‘तिम्रो घर कता हो भाइ ?’
उत्तर दिनुको साटो उसले उल्टै सोध्यो, ‘तपाईं 
पत्रकार हो ?’
‘होइन, नेपालगन्ज घुम्न आको ।’
अचम्म मानेर मलाई हेरिरह्यो । मैले सोधेँ, ‘मलाई नेपालगन्ज घुमाइदिन्छौ ?’
‘रिक्साले घुमाइदिन्छ ।’
‘मलाई चाहिँ तिमीले घुमाइदेऊ न । अघि तिमीलाई काम नदिनेहरूले भन्दा धेरै पैसा दिन्छु ।’
‘घुमाएको पनि पैसा आउँछ र ?’
उसलाई सय रुपैयाँ पेस्की दिएर भनेँ, ‘घुमाउनु पनि अरू कामजस्तै काम हो ।’
ऊ छक्क प¥यो र भन्यो, ‘हाम्रो पापाको रिक्सा छ । तर, उहाँ अहिले बिरामी छ । मैले रिक्सा चलाउन सक्ने भएको भए रिक्सामा राखेर तपाईंलाई नेपालगन्ज पूरा घुमाइदिन्थेँ ।’
‘तिम्रो नाम रु’
‘मन्नीराम चिडीमार ।’ मैले फेरि सोध्न नपाउँदै उसले भन्यो, ‘पापाले भनेको हामी बहेलिया हो रे ! नागरिकता बनाउन जाँदा हाकिमले चिडीमार लेखिदिएछ ।’
‘तिमी स्कुल पढ्दैनौ ?
‘पढ्छु, तीन कक्षा ।’
‘आज बिदा हो ?’
‘हैन ।’
‘अनि किन स्कुल नगको त ?’
‘पैसा कामाउन । चप्पल र पाइन्ट किन्नु छ ।’
उसको खुट्टातिर हेरेँ । डोरीले फित्ता भएको काम नदिने, नाम मात्रको चप्पल थियो । नजिकैको पसलमा छिरेर मैले उसका लागि एक जोर पायल चप्पल किनिदिएँ र भनेँ, ‘तिमीलाई घुमाउँदा आउने बाँकी पैसा यही चप्पलमा फच्चे भयो है ।’
‘के हो फच्चे भनेको ?’
‘सकिन्छ भनेको ।’
टाउको हल्लाउँदै ऊ खिस्स हाँस्यो । तर, उसलाई पाइन्ट त किन्नै थियो । उसले अलि लामो खालको कट्टु लगाइरहको थियो । सायद बस्दा भित्रको गोप्य अंग देखिने गरी जाँगमा फाटेको छ । मैले भनेँ, ‘मलाई भोलि पनि घुमाइदियौ भने पाइन्ट पनि आउने पैसा दिउँला ।’
ऊ मक्ख भयो । फेरि मैले भनेँ, ‘तर तिम्रो स्कुल 
छुट्ने भयो रु’
‘स्कुल त कति छुट्छ कति १’
‘स्कुल छुटेपछि फेल भइन्छ ।’
‘आम्माले भनेको– फेल भएर केही फरक पर्दैन । पास भए पनि फेल भए पनि ठूलो भएपछि मजदुरी गर्ने न हो ।’
‘शिक्षकहरूले कस्तो पढाउँछन् त स्कुलमा ?’
‘उनीहरू नेपालीमा पढाउँछन् म अबधीमा बुझ्छु ।’
‘तिमीलाई सबैभन्दा मन पर्ने विषय कुन हो ?’
‘मलाई मन पर्ने विषय नै छैन । मलाई गाडी चलाउने विषय मन पर्छ । पापालाई रिक्सा चलाउँदा बहुत गाह्रो भएको छ । रिक्साले पापालाई वेलावेलामा बिरामी बनाउँछ । त्यसैले ठूलो भएपछि म रिक्सा चलाउन्नँ । अर्को साल म खलासी हुन्छ । त्यसपछि गाडी चलाउन सिक्छु ।’
‘तिमी गाडी चलाउन सक्ने भएपछि म फेरि नेपालगन्ज आउँछु । त्यो वेला तिम्रो गाडीमा राखेर मलाई घुमाइदेऊ है !’
ऊ खिस्स हाँस्यो । यसको अर्थ उसले हुन्छ भनेको हो । उसले आफ्नो गाउँ घुमायो । बिरामी बाबु र काम गरिरहेकी आमा भेट्टायो । उसका सानासाना भाइबहिनी रहेछन् । 
स्कुल घुमाइदेऊ भनेको लाज मान्यो । आफू स्कुल नगएको दिन उसलाई स्कुल जान अप्ठ्यारो लागेको हुँदो हो । 
म आफैँ उसको स्कुल गएँ र शिक्षकहरूसँग चिनजान गरेँ । अर्को दिन गएर त्यहाँका विद्यार्थीहरूको कुरा सुनेर कथा पनि लेखेँ । तर, उसकै कथा पानीको घाममा लेख्न छुटाएँ ।

आख्यान लेख्दा धेरै पात्र छोडिन्छन् । मैले पनि धेरै पात्र छोडेको छु । केहीलाई छान्न धेरैलाई छाड्नुपर्ने प्रकृतिको नियममा जीवन बाँधिएको छ । यसरी बाँधिएको जीवन वेलावेलामा फुस्किन खोज्छ । कहिले फुस्किदिन्छ । फुस्किँदा छानेका जीवनका कुरा पनि छुटेर जान्छन् ।

नेपालगन्जको रानी तलाउनेर रहेको महेन्द्र पुस्तकालयमा पढ्दै गर्दा सामुन्नेको कुर्चीमा गम्भीर भएर पढिरहेको एक युवकलाई देखेँ । उसको गम्भीरता देखेर लाग्यो, उसको हातमा भएको किताबमा पक्कै पनि दुःखान्त कथा हुनुपर्छ, जुन पढेर ऊ गम्भीर भइरहेछ । यो गम्भीरता मडारिँदै गयो भने उसका आँखा रसाउन सक्छन् ।
पढ्दापढ्दै एक्कासि ऊ बाहिरियो । पक्कै पनि उसलाई पढ्न गाह्रो भएको हुनुपर्छ । पात्रको पीडा उसलाई आफ्नो जस्तै लागेको हुनुपर्छ । ऊ फ्रेस हुन बाहिर गएको हो ।
म पनि बाहिर निस्किएँ । ऊ प्लास्टिकको नीलो कुर्चीमा सोचमग्न थियो । म पनि उसको आडमा बसेँ र उसको एकान्तलाई भंग गर्दै सोधेँ, ‘तपाईंको घर यतै हो ?’
उसले अड्कलेर बोल्यो, ‘हजुर, पर धम्बोझी ।’
मैले आफ्नो परिचय दिएँ र आख्यान लेख्न आएको कुरा पनि सुनाएँ । त्यसपछि ऊ अलि खुल्न खोज्यो । खै के सोचेर हो फेरि खुल्न खोजेन । खुल्न नखोज्दा–नखोज्दै पनि उसले आफ्नो आलो घाउ कोट्यायो । उसको आलो घाउबाट पिप होइन, थोरै आँसु आयो । तर, उसले आँसु रोक्न सक्दो रहेछ, कुरा रोक्न सक्दो रहेनछ । यत्ति भन्यो, ‘धर्मले प्रेम रोक्न सक्तैन तर विवाह रोक्न सक्छ ।’
‘मतलब ?’
‘धर्मले हाम्रो बिहे रोकिदियो ।’
हामी नजिकैको चिया पसलमा चिया खान गयौँ । नेपालगन्ज र त्यहाँको समाजका बारेमा कुरा ग¥यौँ । त्यसपछि फेरि ऊ आफ्नो कथामा फर्कियो । सायद मैले नै नजानिँदो तरिकाले फर्किन प्रेरित गरिरहेको थिएँ ।
उसको एक मुस्लिम युवतीसँग प्रेम भएको रहेछ । एकदमै गहिरो प्रेम । सबैलाई आफ्नो प्रेम गहिरै लाग्छ, जहाँ अरू कोही पुग्न र पौडन सक्दैैन । नदी या ताल भएको भए त्यहाँ धेरै मानिस पुग्न र पौडन सक्ने थिएँ ।
उसले गम्भीर भएर भन्यो, ‘म मुस्लिम केटा, ऊ हिन्दू केटी भएको भए हाम्रो बिहे हुने थियो ।’
‘उनले बुर्का लगाउँथिन् रु’
‘लगाउँथिन् ।’
‘बुर्का लगाएकी युवतीलाई कसरी मन पराउनुभो त ?’
‘जसरी हामी लुगा लगाएको मानिसलाई मन पराउँछौँ ।’
मेरो वाक्य बसाइदियो । तैपनि बल गरेर तर्क गरेँ, ‘अनुहार त देख्नुपर्छ नि ।’
‘लुगाभित्र पनि त अनुहार हुन्छ नि । मन त झन् लुगा खोले पनि नदेखिने अनुहार हो । हामी त्यही मनलाई मन पराउँछौँ र प्रेम गर्छौं ।’
उसको तर्कले मलाई धेरै बेर सोच्न बाध्य बनायो ।
मैले उसको कथा पनि पानीको घाममा लेख्न छुटाएँ ।

उनी कुनै तपस्वीझैँ मुस्कुराइन् । त्यसपछि भनिन्, ‘सप्पैथोक भगमान्ले बिर्साइदिनुभो नि भगमान् । म त यही अगाडिको आँपको रूखजस्तै भइसकेँ । ऊ तल सुसाउँदै बगिरहेकी त्रिशूली नदीजस्तै भइसकेँ । आँपको रूखले के भन्न सौच र रु त्रिशूलीले के भन्न सौच र रु कथा त यो आँपको रूख र त्यो त्रिशूलीसँग पनि होला नि देउता ।’

धम्बोझी चोकमा एउटा बूढो टाँगावाल आफ्नो बोरा नै मुखमा बाँधिदिएर घोडालाई धुलो घाँस खुवाइरहेको थियो । घोडा जवान थियो । खुब सिँगारिएको । शिरमा मयूरको प्वाँख सिउरिदिएको । ओहो १ हेर्दा नै दुलाहा चढाउनेजस्तो देखिन्थ्यो । लाग्यो, यो बूढो टाँगावाल पनि यो घोडाजस्तै जवान र जोसिलो भइदिएको भए ।
मलाई रुपइडिया जानु थिएन । तर, ऊ र उसको घोडा देखेर जान मन लाग्यो । अरू केहीका लागि होइन, सिबाय त्यो बूढो टाँगावालसँग गफिन । त्यो घोडा पनि गफिने भए बूढोसँग भन्दा घोडासँग धेरै गफिने थिएँ ।

अरू टाँगाहरू रुपइडिया जान तयारिएका थिए । तर, म अरूमा गइनँ । १५ मिनेटजतिमा घोडाले घाँस खाइसक्यो । त्यसपछि उसले टाँगा तयार ग(यो ।
१० जना मानिस भएपछि उसले टाँगा चलाइहाल्यो । मैले सोधेँ, ‘अरूले बाह्रतेह्र जनासम्म पनि हालेका छन् त १’
‘मेरो घोडा जवान छ । बलियो छ । तर, धेरै मान्छे हालेर उसलाई थकाउनुहुँदैन । चाँडै बूढो भइलिन्छ । यो चाँडै बुढियो भने त म बर्बादै भैहाल्छु ।’
‘तपाईं भने चाँडै बुढिएजस्तो छ ।’
‘टाँगा र घोडा नभएको भए अझ चाँडै बुढिने थिएँ ।’
‘कसरी ?’
‘दाल, रोटी, चावल यसैले त कमाइरहेछ । यो कामाउन नसकेको भए झन् चाँडै बुढिने थिएँ ।’
‘कति भयो टाँगा चलाएको ?’
‘हिसाबै छैन हजुर,’ यसरी भन्यो मानौँ उसले टाँगा चलाएको वर्ष गणितले हिसाबै गर्न सक्दैन । अझै अगाडि भन्दै गयो, ‘म त सपनामा पनि टाँगा चलाइरहेको हुन्छु । के गर्नु हुजुर सपनामा टाँगा चलाएको पैसा आउँदैन ।’
‘आउँछ होला । बरु सपनामा आएको पैसा सपनामै सकिन्छ होला । सपनामा पनि दाल, रोटी, चावल किन्नुप¥यो । सपनामा पनि भोक लाग्छ ।’
टाँगामा बसेका यात्रुहरू पनि उसको कुरा सुनेर हाँसे । आफ्नो कुराबाट यात्रुहरू मनोरञ्जित भएको थाहा पाएर ऊ उत्साहित भयो र अझै अगाडि भन्यो, ‘म त मरेपछि स्वर्गमा पनि टाँगा चलाउँछु होला ।’
‘नर्क जानुभयो भने ?’
‘नर्कमा पनि टाँगा नै चलाउँछु होला ।’
अहिले नेपालगन्जमा लगभग टाँगा बन्द नै भएको छ । अटो र म्याजिकहरूले टाँगाहरूलाई विस्थापित गरिदिएका छन् । एक महिनाअघि नेपालगन्ज जाँदा १० वर्षपहिले झैँ टाँगामा टकटक टकटक गर्दै रुपइडिया जान मन 
थियो । पाइनँ ।
पर्यटनमा लागि मात्र भए पनि नगरपालिकाले केही टाँगा चलाए हुने हो ।
अँ, अहिले पनि त्यो बूढो टाँगावालको अनुहार सम्झन्छु । पक्कै पनि ऊ स्वर्ग या नर्क गएको छैन होला । नगए पनि नेपालगन्जमा उसले टाँगा चलाउन पाएको छैन । १० वर्षको अन्तरालमै उसले नेपालगन्जमा समेत टाँगा चलाउन पाएन भने स्वर्ग या नर्कमा टाँगा चलाउने उसको मनसुबाको हालत के भयो होला रु
यत्तिचाहिँ भन्न सक्छु– यदि ऊ अहिले यही लोकमा छ भने सपनामा पनि प्रायः ऊ टाँगा चलाइरहेको हुन्छ होला ।
मैले उसको कथा पनि पानीको घाममा लेख्न छुटाएँ । 
०००
०६८ साल वैशाखमा म एक महिना लेख्नका लागि भनेर देवघाट बसेँ । मलाई बालविधवाको कथा लेख्नु थियो । र, गजबका केही पात्रको खोजीमा थिएँ । त्यहाँ धेरैले भने, ‘सरस्वती आमालाई त वेदान्त चढेको छ । उहाँलाई सप्पै कुरा आउँछ । उनैलाई सोध्नू ।’

उनलाई मैले देखेको थिएँ तर बोलेको थिइनँ । साँच्चै उनी वेदान्त चढे जस्तै देखिन्थिन् । ठूलो र अग्लो शरीर भए पनि यसरी हिँड्थिन्, मानौँ, उनको शरीर प्वाँखैप्वाँखले बनेको हो । अनुहारमा केही चाउरी परे पनि साना नानीहरूको जस्तै कलिलो छाला, जुन सूर्यको प्रकाश नै छिर्ला जस्तो कञ्चन देखिन्थ्यो । तीन बीस सात वर्ष कटिसकेका आँखामा पनि कतै रक्तनलीहरू देखिएका थिएनन् । सेता र सफा आँखामा हाँसिरहे जस्ता काला नानी । फूलझैँ हरबखत मुस्कान बोकिरहने ओठ । लाग्थ्यो, उनले रिसाउन जानेकै छैनन् ।
धेरैले सरस्वती आमाका बारेमा प्रशंसा गरेपछि उनलाई भेट्न गलेश्वर आश्रम क्षेत्रअन्तर्गत पर्ने कल्पवास परिसरमा गएँ र कसैलाई सरस्वती आमाको कुटी सोधेँ । खोज्दै–खोज्दै म उनको कुटीअगाडि आँगनमा उभिएँ । कुटीको मूल ढोका उघारै थियो ।
खोकी नआए पनि खोकेँ । सरस्वती आमा बाहिर निस्किइन् । मैले भनेँ, ‘नारायणम् आमा १’
‘नारायणम् देउता १ लौ बसम् ।’
पिँढीमा परालको चकटी ओछ्याइदिइन् । टुसुक्क बसेँ । देवघाटमा मानिसलाई देउता भनेर सम्बोधन गर्ने चलन रहेछ । हामीले डेढ अक्कल बुद्धि लगाएर सोच्दा देउता भन्नु हामी मान्छे पनि हुन नसकिरहेकाहरूमाथि गरिएको ठूलो व्यंग्य हो जस्तो लाग्छ । तर, त्यहाँका आमाहरूले व्यंग्य गरेका होइनन् । सभ्यता देखाएका हुन् ।
‘प्यास लाग्यो कि देउता रु’
‘छैन आमा ।’
तर पनि उनी भित्र पसिन् र ढलोटको अम्खोरामा चिसो पानी र स्टिलको प्लेटमा काटिएको फलफूल लिएर आइन् । भनिन्, ‘आश्रमबाट प्रसाद ल्याइथेँ ।’
‘टन्नै छु आमा म त ।’
‘तेसो भन्न हुन्न नि देउता १ भगमान्को प्रसाद खान पर्च । आँटेताकेको पुउँन्च ।’
लाग्यो, यो प्रसाद खाएपछि मेरो आँटेताकेको पुगिदिएहुन्थ्यो । प्रसाद खाँदाखाँदै मैले भूमिका बाँधेँ, ‘आमा, मानिस त मरेर जान्छ । तर, मानिसको कथा मरेर जान हुँदैन । म तपाईंहरूको कथा लेख्न आको ।’
‘नपढेको मुन्छेलाई के कथा आउँछ र देउता ?’

‘मैले किताबको कथा भनेको होइन आमा, तपाईंको आफ्नै कथा भनेको । जीवनकथा ।’ अझै बलियो भूमिका बाँधेँ, ‘वाल्मीकिले रामसीताको कथा नलेखिदिएको भए हामीले रामसीता भन्ने नै चिन्ने थिएनम् होला । हाम्रा दुई देवीदेवता नै घट्ने थिए । त्यसैले आमा देउताको मात्र होइन, मानिसको पनि कथा लेखिनुपर्छ । म तपाईंहरूको कथा लेख्न चाहन्छु ।’
आमाको भनाइमा प्रचुर व्यंग्य थियो, ‘तपौ वाल्मीकि बन्न आउनुभको हो देउता रु’
म लाजले पानीपानी भएँ र भनेँ, ‘काँ वाल्मीकि बन्नु आमा रु म तपाईंहरू जस्तै बालविधवाको कथा लेख्न आको । बाल्यावस्थादेखि केकस्तो भोग्दै आउनुभो, त्यो 
सुन्न आको ।’

उनी कुनै तपस्वीझैँ मुस्कुराइन् । उनको उज्यालो अनुहार अझ उज्यालो भयो । त्यसपछि उनले भनिन्, ‘सप्पैथोक भगमान्ले बिर्साइदिनुभो नि भगमान् । अहिले त पहिलेको केही कुरा पनि सम्झन्नँ । म त यही अगाडिको आँपको रूखजस्तै भइसकेँ । ऊ तल सुसाउँदै बगिरहेकी त्रिशूली नदीजस्तै भइसकेँ । आँपको रूखले के भन्न सौच 
र रु त्रिशूलीले के भन्न सौच र रु कथा त यो आँपको रूख र त्यो त्रिशूलीसँ पनि होला नि देउता ।’
त्यसपछि उनले मेरो टाउकोमा हात राखेर भनिन्, ‘देउताले आँटेताकेको पुगोस् । मेरो आशीर्वाद छ । तर म कही भन्न सउतिनँ ।’
उनको कुराले म झल्याँस्स भएँ, लामो निद्राबाट ब्युँझे जस्तो । 

हो त । संसारमा आजसम्म रूखका सयौँ कविता लेखिए होलान् । तर, रूखले कविता सुनाएर कविहरूले रूखको कविता लेखेका होइनन् । 
संसारमा आजसम्म नदीका बारेमा हजारौँ कविता लेखिए होलान् । तर, नदीले कविता सुनाएर कविहरूले नदीको कविता लेखेका होइनन् । 
सच्चा कविले रूख र नदीसँग कुरा गर्न सक्छ । सारा प्रकृतिसँग कुरा गर्न सक्छ । तिनीहरूको आवाज सुन्न सक्छ । त्यसैले कविले कविता लेख्न सक्छ । 
यदि म साँच्चै लेखक हुने हो भने आमाहरूसँग मौन संवाद गर्न सक्नुपर्छ । बालविधवाहरूलाई अनुभव गर्न सक्नुपर्छ ।
सेतो धरतीमा मैले सरस्वती आमाको कथा लेख्न छुटाएँ । 

यो सामाग्री आजको नयाँ पत्रिका दैनिमा छापिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भानु जयन्तीमा राष्ट्रकवि घिमिरलाई सम्मान 

  • २९ असार, २०७६

काठमाडौं । आज विश्वभर छरिएर रहेका नेपाली भाषीहरुले २०६औं भानुजयन्ती मनाइरहेका छन । भानुजयन्तीको अवसर पारेर नेपालमा भानुभक्तको कृतित्व र

रत्ननगरका पाँच कवि तथा लेखक पुरस्कृत 

  • २८ असार, २०७६

रत्ननगर । रत्ननगर नगरपालिकाले पाँच जना कवि तथा लेखकहरुलाई शनिवार सम्मान तथा पुरस्कृत गरेको छ । भानु जयन्तीको अबसर पारेर सो नगरपालिकाले नगर भित्रका

शुशिला पौडेलको उपन्यास ‘तृष्णा’ विमोचन

  • २८ असार, २०७६

काठमाडौं । गीतकार तथा साहित्यकार शुशिला पौडेलको उपन्यास ‘तृष्णा’ सार्वजनिक भएको छ । राजधानीस्थित आर.आर क्याम्पसको सभा हलमा विभिन्न