२३ बैंकले सार्वजानिक गरे नौ महिनाको रिपोर्ट, कुन बैंकको नाफा कति !

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनाको अवधिसमाप्त भएसँगै बैंक तथा वित्तीइय संस्थाहरुले सो अवधिको वित्तीय विवरण धमाधम सार्वजानिक गरिरहेका छन् । आइतबारसम्म २२ वाणिज्य बैंकले चालू आर्थिक वर्षको नौ महिनासम्मको वित्तीय विवरण सार्वजानिक गरेका छन् । 

सार्वजानिक विवरण हेर्दा सबैजसो बैंकको नाफा अर्बमाथि रहेको छ । २८ वाणिज्य बैंकहरुमध्ये आइतबार नेपाल इन्भेष्ट बैंकले विवरण सार्वजानिक गरेसँगै वित्तीय विवरण प्रकाशित गर्नेको संख्या २३ पुगेको हो । 
सार्वजानिक विवरण अनुसार सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । यो अवधिमा बैंकले ३ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको छ । नबिल बैंकले गतवर्ष चारअर्ब माथि नाफा गरेको थियो । 

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंक २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा बैंकले २ अर्ब ८३ करोड ८४ लाख खुद मुनाफा आर्जन गरेको थियो । 
यता, गएको आवसम्म अत्याधिक नाफा कमाउने दोस्रो स्थानमा रहेको कृषि विकास बैंकले चालु आवको तेस्रो त्रैमाससम्म २ अर्ब २१ करोड नाफा कमाएको छ ।

नेपाल बैंकले यस अवधिमा २ अर्ब २४ करोड नाफा कमाएको छ । त्यस्तै एभरेष्ट बैंकले पनि २ अर्ब २१ करोड नाफा गरेको छ । त्यस्तै, हिमालयन बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब एक करोड ४० लाखरुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, ग्लोबल आईएमईले १ अर्ब ८७ करोड, स्टान्डर्ड चाटर्ड बैंकले १ अर्ब ७३ करोड नाफा आर्जन गरेका छन् । 

त्यस्तै, एनएमबि बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ३७ करोड खुद नाफा आर्जन गरेको खुद नाफा एक अर्ब ६० करोड रुपैयाँ नाफा गरेको छ । त्यस्तै सिद्धार्थ बैंकले एक अर्ब ५९ करोड रुपैयाँ, सानिमा बैंकले एक करोड ५७ लाख, प्राइम कमर्सियल बैंकले एक अर्ब ५४ करोड, प्रभु बैंकले एक अर्ब ४५ लाख रुपैयाँ, माछापुच्छे बैंक एक अर्ब २४ करोड, सनराइज बैंक एक अर्ब २२ करोड, मेगा बैंकले एक अर्ब २१ करोड, बैंक अफ काठमाण्डू बैंकले एक अर्ब २० करोड, नेपाल क्रेडिट एण्ड कमर्स बैंकले एक करोड १६ लाख, नेपाल बंगलादेश बैंकले एक करोड १४ लाख रुपैयाँ नाफा कमाएका छन् । 

त्यसैगरी, सिटीजन बैंकले एक अर्ब ६ करोड रुपैयाँ, लक्ष्मी बैंकले एक अर्ब २ करोड रुपैयाँ, र कुमारी बैंकले एक अर्ब ३२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । 

यता, बाँकी पाँच वटा वाणिज्य बैंकले भने अझै वित्तीय विवरण निकाल्न बाँकी छ ।

चुक्तापूँजी वृद्धि पछि निक्षेप संकलन र कर्जा प्रवाह उल्लेख्य रुपले बढाएसँगै बैंकको नाफामा वृद्धि भएको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर