• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आइपीएल खेलेर फर्के सन्दीप, भने–‘प्रधानमन्त्री कप खेल्दिँन’

फाइल तस्बिर

काठमाडौं । इन्डिएन प्रिमियर लिग (आईपीएल) सकेर नेपाली क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका लामिछानेले यसवर्षको खेल निकै उपलब्धीमूलक भएको बताएका छन् । 

संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले दिल्ली क्यापिटल्सबाट यसवर्ष आफूले ६ खेल मात्रै खेल्न पाएको भए पनि धेरै कुरा सिकेको बताएका हुन् ।

‘यसपटक पनि व्यक्तिगत रुपमा मात्रै नभई नेपाली क्रिकेटकै स्तर माथि उठाउन केही योगदान गर्न सकेँ जस्तो लागेको छ’, उनले भने । साथै जेठ पहिलो साता हुने प्रधानमन्त्री कप क्रिकेटमा भने आफू सहभागी नहुने पनि उनले बताए । धेरै व्यस्त भइरहेकाले यसपटक आराम गर्न प्रधानमन्त्री कपमा सहभागी नहुने उनको भनाई छ ।

आइपिएलमा सन्दीपको टिम दोस्रो क्वालिफायरमा चेन्नई सुपर किङ्ससँग ६ विकेटले पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो ।  यस सिजनमा भएको आइपिएलमा उनले ६ खेल मात्रै खेल्ने मौका पाए । तुलनात्मक रुपमा महंगो सावित भएका उनले  ८ विकेट लिएका थिए ।  

त्यसका बाबजुत आफुले आईपिएलको सिजन पुरै रमाएकाे बताउँदै सन्दीपले अवसरका लागि दिल्ली क्यापिटललाई धन्यवाद दिएका छन् । आईपिएल आफ्ना लागि ठुलो अवसर भएको अनुभव साट्दै उनले भनेका छन्, टिमका साथीहरु, कोच, समर्थक लगायत सवैलाई धन्यवाद ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर