• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

खुटिया–दिपायल हुंदै मानशरोबर सम्मको बाटो बनाऔं २० करोड पर्यटक भित्रनेछन्–प्रेम आले

काठमाडौं । नेकपाका सांसद तथा युवा नेता प्रेम आलेले आगामी २०२४ भित्र नेपालमा २० करोड पर्यटक भित्र्याउन सक्ने संभावना औंल्याएका छन् । संघीय संसदमा सरकारको आगामी वर्षको सिद्धान्त तथा प्राथामिकतामाथिको छलफलमा सहभागि हुंदै सांसद आलेले  भने, ‘सरकारको सिद्धान्त र प्राथामिकता विगतको भन्दा फरक, सवै पक्षलाई समेट्नेगरि आएको छ । विकासका लक्षहरु सकारात्मक रुपमा आएका छन् ।’

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष राखिएकोमा सांसद आलेले भने, ‘पर्यटक वर्ष २०२० लाई सफल बनाउन २० लाख पर्यटक भित्र्याउने लक्ष दिएको छ । राज्यले जुन ठाँउमा संभावना छ त्यहाँ लगानी गर्नुपर्छ । कैलालीको खुटिया, दिपायल, साईल हुंदै कैलाश मानसरोबर पुग्न मात्र २ सय ९० किलोमिटर छ । त्यो बाटो बनाउन सके भिजन २०२४ मा २० लाख हैन २० करोड पर्यटक भित्राउन सकिन्छ ।’ त्यसका लागि सरकारले लागानी गर्नुपर्ने र आवश्यक पर्दा ईपिसिएफ मोडलमा गएर भएपनि त्यो परियोजनामा बजेट हाल्न उनले माग गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर