• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मुम्बई इण्डियन्स आईपिएल च्याम्पियन

१ रनको जित  

एजेन्सी । भारतीय क्रिकेट लिग आईपिएल को उपाधि मुम्बई ईण्डियन्सले जितेको छ । गएराति सम्पन्न खेलमा चेन्नाई सुपर किङ्सलाई १ रनको रोमाञ्चक स्कोरले हराउँदै मुम्बई च्याम्पीयन बनेको हो । 

पहिला ब्याटिङ गरेको मुम्बईले चेन्नाईलाई जितका लागि १ सय ५० रनको मध्यम लक्ष दिएको थियो । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याएको चेन्नईले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।  

चेन्नईका लागि सेन वाट्सनले ८० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै चेन्नईका फाप डु प्लेसिसीले २६ तथा ड्याने ब्राभोले १५ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी २ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले पनि उलेख्य रन जोड्न सकेनन् ।

मुम्बईका लागि जस्प्रित बुम्राहले २ विकेट लिए । यस्तै लासिथ मलिंगा, राहुल चाहल र हार्दिक पाण्डयले एक एक विकेट लिए ।

मुम्बईको जितमा मलिंगाले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे । चेन्नईलाई जितका लागि अन्तिम ओभरको ६ बलमा ९ रन आवश्यकता रहेको थियो । तर, मलिंगाले एक रन आउटसहित २ विकेट लिएर ७ रन खर्चेर मुम्बई लाई च्याम्पियन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो  । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन जोडे  । यस्तै क्विनटन डी ककले २९ तथा इशान किशनले २३ रन बनाए ।

चेन्नईका दिपक चाहरले ३ विकेट लिए । यस्तै इमरान ताहिर र सार्दुल ठाकुरले २र२ विकेट लिए ।

योसंगै मुम्बईले कीर्तिमानी चौंथो पटक आईपीएलको उपाधि जितेको छ । यस्तै मुम्बईले यस सिजन चेन्नईलाई लगातार चौंथो खेलमा पराजित गर्दै उपाधि हात पार्यो । 

त्यस्तै रोहित शर्मा चार पटक आईपीएल जित्ने पहिलो कप्तान बनेका छन् ।

प्रतियोगितामा मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले हराएर फाइनल यात्रा तय गरेको थियो । यता, चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले नै हराएर मुम्बईसंगको भेट पक्का गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर