• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

गेटाफेमाथि बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा च्याम्पियन बार्सिलोनाले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन अर्टुरो भिदालले एक गोल गरे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ३९ औं मिनेटमा भिदालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा गेटाफेका डिज्ने डकोनामले आत्मघाती गोल गर्दा बार्सिलोनाले २–० को जित निकाल्यो । जितसंगै यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोनाले ३७ खेलबाट ८६ अंक जोडेको छ । र, बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि ११ अंकको अग्रता कायम गरेको छ ।  एट्लेटिकोको ७५ अंक छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर