‘लभ डायरिज’को फर्स्ट लुकमा रोमान्टिक देखिए सुशिल र रुबिना

काठमाडौं । अभिनेता सुशील श्रेष्ठको अभिनित चलचित्र ‘लभ डायरिज’को फर्स्टलूक पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री रुबीना थापासँग सुशील रोमान्टिक अवतारमा देखिएका छन् । 

रुबीना र विश्वजित रिमालले यही चलचित्रबाट डेव्यु गर्दैछन् । सौरभ चौधरीको निर्देशनमा निर्माण भएको चलचित्र आगामी असोज ३ गते प्रदर्शन हुने भएको छ । 

पेशाले सिभिल इन्जिनियर सौरभ चौधरीले पनि चलचित्र निर्देशनमा डेब्यु गर्दैछन् । चलचित्रमा अर्जुनजंग शाही, विशाल पहारी आदीको पनि विशेष अभिनय देख्न सकिनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर