• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

एट्लेटिको मड्रिड छोड्ने ग्रिजमनको घोषणा, बार्सिलोना जाने संभावना

एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोइन ग्रिजमनले यो सिजनको अन्त्यसँग क्लव छोड्ने बताएका छन । मड्रिड ५ बर्ष विताएका विश्वकप विजेता खेलाडी ग्रिजमनले शनिबार हुने क्लवको लेभान्टे विरुद्धको खेल एथ्लेटिकोबाट अन्तिम खेल हुने बताएका छन ।

उनलाई बार्सिलोनाले एक सय २० मिलियन युरोमा किन्न खोजेको बीबीसीले जनाएको छ । उनले आफ्नो क्लव छोड्ने खवर सार्वजनिक गर्दै पछिल्लो ५ बर्षमा आफ्ना लागि निकै उत्साहपुर्ण रहेको बताउदै सबैलाई धन्यवाद दिए ।

एट्लेटिकोबाट ५ बर्षमा दुई सय ५६ खेलमा एक सय ३३ गोल गरेका ग्रिजमन २०१४ मा रियल सोसिडाडबाट अनुबन्ध भएका थिए ।


गत बर्ष बार्सिलोनाको अफरलाई अस्विकार गरेका उनलाई डिसम्बर २०१७ मा नियम विपरित अनुबन्धको प्रयास गरेको थियो । यो सिजनमा एथ्लेटिकोबाट बाहिर हुने ग्रिजमन तेस्रो ठुलो खेलाडी हुन । यसअघि लुकास हर्नान्डेज, डिएगो गोडीनले क्लव छोडीसकेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर