• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मोदीको इलाका बनारसमा र्याली निकाल्दै प्रियंका 

एजेन्सी । बुधवार प्रियंका गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इलाका अर्थात उनको निर्वाचन क्षेत्र बनारसमा र्यांली गर्दैछिन् ।

फेबु्रअरीमा औपचारिक रूपमा राजनीतिमा जोडिएलगत्तै प्रियंका निरन्तर चुनाव प्रचार अभियानमा सामेल भइरहेकी छन् । उनको प्रचारको केन्द्रमा उत्तर प्रदेश राज्य रहेको छ जहाँ बनारस पनि पर्छ । कंग्रेस अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंका गत साता प्रतापगढ नगरको एक मञ्चमा उक्लिदा प्रियंका गान्धी जिन्दावादुका नारा निकै बेर लागिरहे ।

उनलाई स्थानीय कंग्रेस नेताहरूले रातो गुलाफका माला तथा सुनौलो ताज पहिर्याइदिए । प्रियंका मञ्चमा उक्लिएपछि उनको सिधा निशानामा प्रधानमन्त्री मोदी रहे । सन् २०१४ को चुनावमा गरिएका वाचा पूरा नगरेको आरोप लगाइन् ।

मोदी सरकारले रोजगार श्रृजना गर्न नसकेको तथा नोटबन्दीका कारण गरिब तथा साना व्यवसायीको ढाड भाँच्चिएको भन्दै उनले किसानको अधिकार हनन भएको आरोप पनि लगाइन् । कंग्रेसले चुनाव जिते गरिबका निम्ति रोजगारका अवसर फराकिलो पारिने, ज्याला समयमा तिरिने अनि माध्यमिक शिक्षा निस्शुल्क पारिने उनले बताइन् ।

सो र्याली नगरको केन्द्रमा रहेको सानो मैदानमा भएको थियो र भिड पनि सानै थियो । तर उपस्थितहरू निकै उत्साही थिए र उनले हिन्दीमा बोल्दा निरन्तर ताली बजिरह्यो । आफ्नो भाषणको अन्तिममा उनले मतदाताहरूलाई कंग्रेसलाई भोट दिन र परिवर्तनका पक्षमा उभिन आग्रह गरिन् ।

भिडमा उपस्थित २१ वर्षीय विद्यार्थी मिथिलेशकुमार यादवले बताए कि एक युवाका रूपमा उनको चाहना पनि त्यही हो । प्रियंका गान्धी यहाँ परिवर्तन ल्याउन चाहन्छिन्न । एक युवाका रूपमा म पनि परिवर्तन चाहन्छु। मोदीका नीतिले मानिसहरूलाई खराब प्रभाव परेको छ, उनले भने।

प्रधानमन्त्री महत्त्वपूर्ण मुद्दाका बारे बोल्दैनन्। अपूरा वाचाबाट ध्यान अन्यत्र मोड्ने उनको प्रयास छ । कंग्रेस प्रवक्ता अखिलेशप्रताप सिंह भन्छन दाईलाई सघाउ पुर्यााउन तथा पार्टीलाई सशक्त बनाइ मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई चुनौती दिन उनी अगाडि सरेकी हुन् ।

सँगै भएको उनको पहिलो सार्वजनिक उपस्थितिका बेला हजारौँ समर्थक सडकमा उत्रिएका थिए    । कार्यकर्ता तथा समर्थकहरूले अब कंग्रेस चुनाव जितेर आगामी सरकार बनाउने बाटोमा लम्किएको बताए।
त्यसपश्चात् राहुल गान्धीको निर्वाचन क्षेत्र अमेठीमा र उत्तर भारतका गाउँ तथा सहरहरूमा उस्तै दृश्य दोहोरिए । (विविसिबाट)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर