जंगलमा लुकाई राखिएको ८ किलो गाँजा बरामद

धनकुटा ।  धनकुटाको शहीदभुमी गाउँपालिका–२ अखुवाटार जंगलबाट प्रहरीले ८ किलो लागूऔषध गाँजा बरामद गरेको छ । 

जंगलमा रहेको बाँसको झ्याङमा प्लाष्टिकको बोरामा लुकाई राखिएको ८ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ भने सो सम्बन्धमा थप अनसुन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर