मेलम्चीको पानी काठमाडौं ल्याउन साढे ३ अर्बको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्र ल्याउने घोषणा गरेको छ । जसका लागि आगामी आर्थिक वर्षमा साढे ३ अर्ब बजेट छुट्याउने तयारी मन्त्रालय छ ।

यतिबेला अर्थमन्त्रालय आगामी आर्थिक वर्ष २०७६/७७ बजेट तयारीमा जुटेको छ । मन्त्रालयलाई राष्ट्रिय योजना आयोगले झण्डै १५ खर्बको बजेट सिलिङ तोकेको छ । सो सिलिङ भित्र रहेर बजेट आउने मन्त्रालयको भनाई छ । त्यस्तै अगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयले ३२ अर्ब ५७ करोडको सिलिङ प्राप्त गरेको बताइएको छ । सो सिलिङभित्र रहेर नै मन्त्रालयले आफ्ना आयोजना तथा कार्यक्रम अघि बढाउने एक उच्च अधिकारीले जानकारी दिए । 
उक्त बजेटबाट साढे ३ खर्ब बजेट मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न गर्नका लागि छुट्याउने मन्त्रालयको तयारी छ ।

मन्त्रालय आगामी पाँच वर्षभित्रमा ७५३ वटै स्थानीय तहमा खानेपानी पुर्याउने योजनामा छ । बुधबार संघीय संसदको विकास तथा प्रविधि समिति बैठकमा खानेपानी मन्त्री बीना मगरले आगामी पाँचवर्ष भित्रमा सबै स्थानीय तहमा खानेपानी पुर्याउन गुरुयोजना नै बनाएर अघि बढ्ने जानकारी दिइन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर