• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

राजनारायण पाठक विशेष अदालतमा हाजिर 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक अदालतमा हाजिर भएका छन् । भ्रष्टाचारको मुद्दा खेपिरहेका उनी विरुद्ध चैत १२ गते बिहीबार विशेष अदालत पाटनमा मुद्धा दायर गरिएको थियो । 

पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी रु ७८ लाख घुस लिएको अभियोगमा मुद्दा उनीमाथि दायर गरिएको थियो । बुधबार विशेष अदालतमा हाजिर भएका उनलाई हाल अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान भइरहेको छ ।

पाठकले अख्तियारको आयुक्त हुँदा विचाराधीन भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु भनी अध्यक्ष लम्बोदर न्याौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । 

पाठकले घुस लिने क्रममा विभिन्न व्यक्तिसँग गरेको बार्गे्निङ सम्बन्धि भिडियो समेत सार्वजनिक भइसकेको छ । घुस काण्डमा मुछिएका उनले ३ फागुनमा नै राजीनामा दिएका दिएका थिए । 

अख्तियारले दर्ता गरेको अभियोग पत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी गरेको छ । ऐनअनुसार कसुर प्रमाणित भए उनले ७८ लाख रूपैयाँ जरिवाना तिर्नु पर्नेछ ।

महाअभियोगबाट बच्न अख्तियार आयुक्त पाठकद्वारा राजिनामा

अख्तियारका आयुक्त पाठकमाथि अनुसन्धान गर्न छानबिन समिति गठन

राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर