सनराइज बैंक र बैक अफ चाइना गान्सु साझेदारी

काठमाडौं । सनराइज बैंक र बैक अफ चाइनाको गान्सु शाखाबीच रणनीतिक साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापश्चात नेपाल तथा चीनका दुई बैंकबीच आपसी सहयोग, समानता तथा दुईपक्षिय हितका कार्यहरु अघि बढाइने छ।

कृृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल, प्रदेश नं. ३ मुख्यमन्त्री डोरमणि पौडेल, चीनको गान्सु प्रान्तका गभर्नर टाङ रेनजियान तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा बैंक अफ चाइना गान्सु शाखाका नायब महाप्रबन्धक वाङ झेजुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता बमोजिम विद्यमान नियम र कानूनको परिधिभित्र रहि सिद्धान्त र आवश्यकताको आधारमा अन्तराष्ट्रिय व्यापारको लागि बैंकहरुबीच आवश्यक पर्ने अन्तर सम्बन्ध कायम हुनेछ । 

त्यस्तै यसअघि नै सनराइज बैंकको बैंक अफ चाइना सांघाई शाखामा रहेको खातामार्फत अन्तराष्ट्रिय व्यापार कारोबारको हिसाब राफसाफ गर्ने तथा आयात निर्यात व्यापारमा संलग्न ग्राहकलाई विभिन्न सुविधा प्रदान गरी ग्राहक सिफारिस गर्ने सम्झौता समेत भएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर