झापा कारागारबाटै हरायो हत्तियार

झापा । झापा कारागार भद्रपुरबाट इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन गायब भएको छ ।

कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको घटना सार्वजनिक भएको हो ।  प्रहरी नायब निरीक्षक आचार्य घर बिदा गएका बेला कारागार सुरक्षाको जिम्मा प्रहरी सहायक निरीक्षक हीरण सिंहलाई दिइएको थियो ।

एक प्रहरीले प्रहरी जवान कुमार भोटेलाई हतियार बुझाएको रेकर्ड छ । तर, बिहान पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन नभेटिएपछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीबाटै हतियार हराएको घटना सार्वजनिक भएको हो ।

कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति बनेको छ । छानविन समितिले हराएको हतियारको विषयमा अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हतियार हराएको विषयमा अनुसन्धान भइरहेको बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर