• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020/ 07:41 am

बर्डफ्लुबाट युवकको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा सचेतना अभियान

काभ्रेपलाञ्चोक । स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगविरुद्ध सचेतना अभियान कार्यक्रम थालेको छ ।

सो रोगबाट काभ्रेपलाञ्चोकका २१ वर्षीय युवकको मृत्यु भएको तथ्य सार्वजनिक भएपछि यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएकाले जिल्लास्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सचेतना अभियान कार्यक्रम थालेको हो ।

बर्डफ्लु रोगका कारण काभ्रेपलाञ्चोककै एक युवकको मृत्यु भएपछि केन्द्रले जिल्लाका सबै स्थानीय तहमा यसबारे सचेतना कार्यक्रम आयोजना गर्नेबारे छलफल भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार ज्वरो, रुघाखोकीबाट ग्रसित ती युवकलाई गत चैत १० गते अस्पताल भर्ना गरिएको र उनको विभिन्न स्वास्थ्य परीक्षण तथा औषधि सेवन गरिरहेकै अवस्थामा चैत १५ गते मृत्यु भएको हो । 

विभिन्न परीक्षणबाट ती युवकमा इन्फ्युएन्जा ए एच वान सङ्क्रमण भएको पुष्टि भएको थियो । केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बर्डफ्लु रोगविरुद्धको सचेतना कार्यक्रम पाँचखाल नगरपालिकाबाट सुरु गरिएको बताए । 

उनका अनुसार सचेतनामा कुखुराको मासु ७० डिग्रीसम्मको तापक्रमले पाक्दा पनि यदि मासुमा कुनै पनि भाइरस भए पनि मर्ने र मानव स्वास्थ्यमा असर नपर्ने तथा खोरबाट निकालेर मासु तयार पारेर पकाउँदासम्म अपनाइने सावधानीका विषयमा सचेतना गराइएको छ । 

नगरप्रमुख महेश खरेलले भने, ‘सचेतना कार्यक्रममा बर्डफ्लु रोग तथा यसबारे फैलिएको भ्रमबारे प्रष्ट पारिएको छ ।’ जिल्लास्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले प्रत्येक स्थानीय तहमा यस्तै सचेतना दिइँदै जाने कार्यक्रम तय गरेको छ । 

केन्द्रीय राजधानी काठमाडाँैलगायत छिमेकी जिल्ला मकवानपुर र भक्तपुरमा बर्डफ्लुजन्य सङ्क्रमण देखिएपछि केन्द्रले गत चैत अन्तिम सातादेखि कुखुरापालक किसानलाई जैविक–सुरक्षा (बायो–सेक्युरिटी) सचेतना अभियान सञ्चालन गर्दै आएको थियो ।

केन्द्रले जिल्लास्तरीय बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक) को निर्देशनमा गत चैत दोस्रो साता काभे्रपलाञ्चोकको तीनवटा नाका साँगा, नाला र मङ्गलटारमा स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा जाँच चौकी राखिसकेको छ । 

जाँच चौकीमा रोगमुक्त भएका कुखुराका चल्ला, अण्डा र स्वस्थ पक्षीजन्य पदार्थ भएको नेपाल भेटनरी एशोसिएशनको प्रमाणपत्र जाँच गरेर मात्रै जिल्लामा भित्र्याइने गरिएको छ । जाँच चौकीमा आयात–निर्यातकर्ताले पक्षी स्वस्थ भएको प्रमाणपत्र नदेखाए कुखुरा तथा पक्षीजन्य पदार्थलाई प्रोगशालामा पठाइने गरिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कृषि क्षेत्रमा इजरायलले हासिल गरेका विशेषज्ञता हस्तान्तरणमा प्रधानमन्त्री ओलीको जोड

  • २० जेठ, २०७७

काठमाडौं । प्रधानमन्त्री के पी शर्मा ओलीले पालले प्राथमिकतामा राखेका कृषि र स्वास्थ्य जस्ता क्षेत्रमा इजरायलले हासिल गरेका ती विशेषज्ञता

मुलुकका केहि स्थानमा मेघगर्जनसहित बर्षा हुने, यस्तो छ तीन दिनको मौषमी विवरण

  • २० जेठ, २०७७

काठमाडौं । आज पहाडी भू भागमा सामान्य बदली रही बाकि भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै पहाडी भू भाग का थोरै

आजको मौसम : पानी पर्ला कि नपर्ला ?

  • २० जेठ, २०७७

काठमाडौं । । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको न्युन चापिय क्षेत्रको आंशिक प्रभाव छ साथै, नेपालको पुर्वी