अमरगढी नगरपालिकाका २६ बालबालिकामा कुपोषण
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाका २६ बालबालिकामा कुपोषण देखिएको छ ।
नगरपालिको पछिल्लो तथ्याङ्कअनुसार पाँच वर्षमुनिका दुई हजार चार बालबालिकामध्ये २६ मा शीघ्र कुपोषण देखिएको छ । यस्तै २३५ बालबालिकामा भने मध्य शीघ्र कुपोषण देखिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लोकराज पनेरुले जानकारी दिए ।
सुत्केरीलाई घरमा पालेको गाईभैँसीको दूध दिँदा बच्चामा रोग लाग्ने तथा गाईभैंसीले पनि दूध दिन छाड्ने रूढीवादी परम्पराका कारण बालबालिकामा जन्मेदेखि नै कुपोषण हुने गरेको बताइएको छ । सुत्केरीले पोषणयुक्त खानेकुराअन्तर्गत दूध–दही नपाउने गरेका कारण बच्चामा कुपोषण देखिने गरेको उग्रतारा स्वास्थ्य चौकीका इञ्चार्ज अहेव केशवराज भट्टले बताए ।
सुत्केरीलाई पोषणयुक्त खानेकुराबाट वञ्चित गर्दा बालबालिकामा कुपोषण देखिने भएकाले सुत्केरी अवस्थामा झन् बढी पोषिलो खानेकुरा आवश्यक पर्ने अमरगढी स्वास्थ्य शाखाप्रमुख पनेरुले बताए ।
प्रतिकृया दिनुहोस