आन्दोलन प्रभाव : चाबहिल - साँखु सडकमा कालोपत्रे शुरु

फाइल : तस्बिर

काठमाडौं । लामो समयदेखि हिलाम्मे र धुलाम्मे चावहिल–साँखु सडकखण्डमा पिचको काम शुरु भएको छ । विगत चार वर्षदेखि अलपत्र यो सडक खण्डमा स्थानीय र व्यापारीको आन्दोलनपश्चात पिचको काम शुरु भएको हो । 

विश्व सम्पदा सूचिमा सूचिकृत बौद्ध सडकखण्ड छिटो पिच गर्न माग गर्दै व्यापारी र स्थानीय वैशाख २६ गते बिहीबार टायर नै बालेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले आन्दोलन गरेको पाँच दिन नबित्दै सडक कालोपत्रेको काम अघि बढेको हो । 

यो सडकखण्ड निर्माणको जिम्मा हिराचन एन्ड कम्पनीले करिब चार वर्षअघि १ अर्ब ४५ करोड रुपैयाँमा पाएको हो ।

सरकारले विसं २०७२ मा चावहिलबाट साँखुसम्मको सडकलाई २२ मिटर चौडा र चार लेनको बनाउने योजना ल्यायो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । 

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन ।

बाटो पिच गर्न भन्दै गरेको बौद्धको आन्दोलनमा जे देखियो...[फोटो/भिडियो]

बौद्ध सडकखण्ड तनावग्रस्त, सडक कालोपत्रे गर्न माग (फोटोफिचर)

स्थानीयको व्यापक विरोधपछि बौद्ध सडक तत्काल कालोपत्र हुने

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर