• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रचण्डले भने–‘टेन्सन नलिनुस्, नसोचेको दिनमा एकता टुंगिन्छ’

‘जनवर्गीय एकता ३ गते नै टुगिंन सक्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका युवाहरुमा देखिएको उत्साहले आफूलाई निकै खुसी तुल्याएको बताएका छन् । युवा संघ नेपालको २९ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

गल्ती नगर्ने मान्छे माक्र्सवादी हुन नसक्ने भन्दै उनले भने–‘गल्ती नगर्ने मान्छे कुनै पनि हालतमा माक्र्सवादी हुनै सक्दैन् । गल्ती गर्ने हो, स्वीकार गरेर सच्चिने हो ।’

युवा संघको कार्यक्रमा देखिएको युवाहरुको उपस्थितिले अझै पनि युवाहरुमा ठूलो जाँगर  र केही गर्नुपर्छ भन्ने भाव रहेको उल्लेख गरे । अध्यक्ष दाहालले हिजाोका युद्ध र जनआन्दोलनका दिनहरु सम्झँदा छलफल र बहसले नै पार्टी एकतादेखि यो समयसम्मको अवस्थामाा पुगेको बताए । 

हामी निरकुंश राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गरेको भन्दै यसको रक्षा गर्नका लागि कम्युनिष्ट पार्टीको एकता आवश्यक भएकाले आफूहरुले पार्टी एकता भएको बताए । मुलभूत कुराहरुलाई ख्यालमा राख्दै आफूहरु पार्टी एकता गर्न सफल भएको बताए । ‘मलाई लागेको बिचार यही ठिक हो भने त्यो माक्र्सवादी हुन सक्दैन ।’ अध्यक्ष प्रचण्डले भने । 

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा आफूले विचारको कुरा गर्ने तर उनीहरुको कम्युनिष्ट आन्दोलन टुगिंदै गएको स्मरण पनि उनले सम्बोधनको क्रममा भने । आफूहरुले एउटा विचार जे हो त्यही ठिक भनेको भए अहिले यहाँसम्म आउन नसक्ने अध्यक्ष प्रचण्डले भने । ‘विचारको विकासका लागि जडताका विरुद्ध लड्नुपर्छ भन्ने मेरो भनाई छ ।’ प्रचण्डले भने–‘दासजस्तो कम्युनिष्ट हुनै सक्दैन त्यसैले रिभोलुसनरी बन्नै पर्छ ।’

झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले छापामार शैलिमा सहयोग गरेको बताए । साथै, केपी ओलीलाई पनि प्रधानमन्त्री बनाउन भनेको र आफूले त्यो गरेको उल्लेख गरे । अध्यक्ष दाहालले एक्ता टुंगिसकेको पनि बताए । आफूले यसअघि पनि फलामे ढोका फोरेको बताएको भन्दै उनले जेठ ३ गते पार्टी एकताका बाँकी कामहरु सक्ने बताएका छन् । 

‘३ गते भएन भने टेन्सन नलिनुस, सकेसम्म ३ गते र भएन भने ४, ५ गतेसम्म हुन्छ ।’ उनले भने । उनले जनवर्गीय एकताचाँही ३ गते नै घोषणा हुनसक्ने पनि बताए । 

अध्यक्ष दाहालले जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको पनि स्पष्ट पारे । उनले मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको एकीकरणको काम सम्पन्न हुने गरी भोली बिहान पार्टीको सचिबालयको बैठक बोलाइएको पनि जानकारी दिए ।

युवा संघ, नेपालको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनहकरुको एकीकरण भने हुने घोषणा पनि गरे । अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने अध्यक्ष दाहालको भनाई छ । 

अध्यक्ष दाहालले पार्टीका नेताहरु केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण पनि गराए । उनले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताए । तर उनले के गर्न खोजेको हो भन्ने चाँही स्पष्ट पारेनन्  । अध्यक्ष दाहालले जनता र राष्ट्रको चाहना र भावनाको जगमा दुई पार्टीबीच एकता भएको पनि स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर