• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अमेरिका–इरान तनावको असर : ट्रम्प प्रशासनले इराकमा रहेका अधिकारी फिर्ता बोलायो

तस्विर : वेब

वासिंटन । अमेरिका र इरानबीच बढ्दो तनावलाई हेर्दा दुवै देश युद्धको अवस्थामा पुगेको जस्तो देखिन्छ । साउदी अरबको तेलको दुई वटा ट्यांकरमाथि युएईको तटमा भएको आक्रमणपछि दुवै देशबीच तनाव चरममा पुगेको छ । 

यद्यपि, इरानले यसमा आफ्नो संलग्नता नभएको बताएको छ, भने यसलाई विदेशी शक्तिको षड्यन्त्र बताएको छ । 

यसैबीच पश्चिमी एसियामा आफ्नो स्थिति बलियो बनाउन र कुनै पनि आपतकालीन परिस्थितिको सामना गर्न तयारीका लागि अमेरिकाले सुरु गरेको छ । अमेरिकाले इराकमा रहेका आफ्ना अधिकारीहरुलाई फिर्ता बोलाएको छ । गैर–आपतकालीन अमेरिकी अधिकारीहरुलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्वदेश फिर्ता हुन आदेश जारी गरेको छ । 

यस्तै, ट्रम्पले न्युयोर्क टाइम्सको इरान विरुद्ध युद्धको तयारीको समाचारको खण्डन गरेका छन् । अमेरिकाको शीर्ष सुरक्षा अधिकारीले इरानसँग प्रतिस्पर्धा गर्नका लागि मध्यपूर्वमा करिब एक लाख २० हजार सैनिक पठाउने योजनामाथि विचार गरिरहेको समाचारमा बताइएको छ । 

यद्यपि, इराकबाट अमेरिकाले आफ्ना अधिकारीहरुलाई बोलाएर इरानमाथि सख्त दबाब अवश्य देखाएको विश्लेषकको भनाई छ । 

अमेरिका–इरानबीच चरम तनाव 

अमेरिका र इरानको सम्बन्ध पछिल्लो एक वर्षमा निक्कै तनावपूर्ण अवस्थामा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनको समयमा इरानसँग भएको परमाणु सम्झौतालाई रद्द गरे र इरानमाथि कठोर प्रतिबन्ध फेरी लगाए । यसको नराम्रो असर इरानको अर्थव्यवस्थामा परेको छ । अमेरिकाले इरानलाई अझ ठूलो झट्का दिँदै तेल खरिदमा चीन र भारत जस्ता देशहरुलाई मिल्ने छुटलाई पनि रोकिदिएको छ । 

यस्तै, अमेरिकाले आफ्नो युद्धजहाज ‘युएसएस आरलिंगटन’ र ‘युएसएस अब्राहम लिंकन’लाई पश्चिमी एसिया क्षेत्रमा तैनाथ गरेको छ । अमेरिकाको रक्षा सल्लाहकारले पहिले नै अमेरिका विरुद्ध इरान युद्धको तयारी गरिरहेको बताएका थिए । 

इरानले आक्रमण गर्ने आशंका देखाउँदै अमेरिकाले पश्चिमी एसियामा प्याट्रियट मिसाइल पनि तैनाथ गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोप्पियोले अमेरिकी सैनिकको सुरक्षाको अवस्था बुझ्नका लागि इराकको भ्रमण पनि गरे । यद्यपि, संयुक्त रुपले यी सबै घटनाक्रमको असर दुवै देशबीचको तनावलाई चरम अवस्थामा पुर्याएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर