• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

गण्डकी प्रदेश प्रविधिमैत्री शिक्षक भेलाको तयारी पूरा

पोखरा । आगामी जेठ ४ गते शनिबार पोखरामा हुने गण्डकी प्रदेशस्तरीय प्रविधिमैत्री शिक्षक समाजको भेलाको तयारी पूरा भएको छ । 

पोखराको सिमलचौरस्थित जनप्रिय माविमा बिहान ११ बजे हुने भेलामा प्रविधिमैत्री शैक्षिक सामग्रीको प्रदर्शनसमेत हुने भेला आयोजक समितिका संयोजक श्रीकान्त पौडेलले जानकारी दिए । सो अवसरमा गण्डकी प्रदेशभरिका शिक्षकहरुले नै तयार पारेका सामग्री प्रदर्शन गरिने संयोजक पौडेलले जनाए । कार्यक्रमका लागि सहयोगीहरु खोज्ने क्रम जारी रहे पनि भेला आयोजक समितिले जनाएको छ ।

भेलाबाट प्रदेश तदर्थ समिति गठन गरिने बताइएको छ । गण्डकी प्रदेशका ११ ओटै जिल्लाका प्रविधिमा रुचि राख्ने शिक्षकहरुलाई भेलामा सहभागी हुन अह्वान गरिएको केन्द्रीय सचिव देवीप्रसाद शर्माले बताए । उनका अनुसार यसअघि १, २, ३ र ५ नं. प्रदेशमा भेला सम्पन्न भइसकेका छन् । संस्थाले विभिन्न विषयको शिक्षण गर्दा कक्षा कोठामा प्रविधिको प्रयोगमा शिक्षकहरुलाई तालिम दिनेलगायतका उद्देश्य राखेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर