आदित्य पंचोलीले गराए कंगना रनाउट विरुद्ध ‘एफआईआर’ दर्ता

एजेन्सी । समयसँगै आदित्य पंचोली र कंगना रनाउटबीचको लडाई झन् बढ्दै गइरहेको छ । पछिल्लो केही समयदेखी यी दुवै कलाकारले एक–अर्का विरुद्धमा धेरै कुरा बोलेको पढ्यौ र सुनेका छौँ । 

यदि तपाईलाई जानकारी छैन भने, कंगनाले आफ्नो एक पुरानो अन्तरवार्तामा ‘रेस–२’का अभिनेता आदित्य पंचोली विरुद्ध यौन तथा शारीरिक उत्पीडनको आरोप लगाइसकेकी छिन् । 

अहिले आएको एक खबर अनुसार, केही दिनपहिले आदित्य पंचोलीले पनि कंगना विरुद्ध एफआईआर दर्ता गराएका छन् । आदित्यले मुम्बईको भर्सोभा प्रहरी चौकीमा एफआईआर दर्ता गरेको बताइएको छ । 

यो एफआईआर एक दशक पहिले कंगना र उनकी दिदी रंगोलीद्धारा दायर त्यस उजुरीको जवाफमा उनले दर्ता गराएका छन्, जसमा आदित्याले कंगनालाई प्रताडित र उनको शोषण गरेको बताइएको थियो । 

आदित्य पंचोलीले कंगना विरुद्ध कानुनी एक्सन लिने बताइएको छ । आदित्यको उजुरीमा कंगनाको वकिलले उनी(आदित्य) विरुद्ध बलात्कारको मुद्दा दायर गर्ने धम्की दिएको दावी गरिएको छ, जसलाई आदित्यले अस्विकार गरिसकेका थिए । 

आदित्यका अनुसार, बलात्कार सबैभन्दा घिनलाग्दो अपराध भएको र उनले प्रमाणको रुपमा भिडियो तथा फोन रेकर्डिङ पनि प्रहरीलाई सुम्पिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर