विश्व रेकर्ड राख्यो यो अटो–रिक्साले
एजेन्सी । प्राय हामी नेपालीले चढ्ने अटो–रिक्सा विस्तारै सुस्त गतिमा कुद्ने सवारी साधनको रुपमा चिन्छौँ, तर विश्वमा यस्तै एक अटो–रिक्साले उच्च गतिमा कुदेर विश्व रेकर्ड नै बनाएको छ ।
‘टुक–टुक’ नाम दिइएको यस अटो–रिक्साको गति ११९ किलोमिटर प्रतिघण्टा छ । बेलायती कम्पनी एसेक्सको उत्पादन हो यो अटो–रिक्सा । गिनीज वर्ल्ड अफ रेकर्डले आफ्नो आधिकारिक जानकारीमा यस अटोरिक्साले विश्व रेकर्ड कायम गरेको जनाएको छ ।
यस अटोरिक्साको तोल १३०० सिसि छ र हालसम्मको सबैभन्दा ठूलो इन्जिन भएको अटोरिक्सा हो ।
प्रतिकृया दिनुहोस