• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

सेनेटरी प्याड झिक्न स्मार्ट कार्ड

डडेल्धुरा । भागेश्वर गाउँपालिकाले जिल्लामा पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड झिक्ने मेसिन सञ्चालनमा ल्याएको छ । छात्रालाई सेनेटरी प्याड आवश्यक परेको बेला झिक्न सहज होस् भनेर स्मार्ट कार्ड वितरण गरिएको हो ।

भागेश्वर गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताइन् । 

“अब छात्राले प्याड बोकिरहुनु पर्दैन, आवश्यक परेका बेला प्याड झिक्न स्मार्ट कार्ड उपलब्ध गराएका छौँ”, उनले भने । एक सय १० स्मार्ट कार्ड वितरण गरिएको छ ।  

“अब अन्य विद्यालयमा पनि सेनेटरी प्याड निकाल्न मिल्ने  मेसिन राख्ने योजना छ”, अध्यक्ष भट्टले भनिन् । मेसिन राखे महिनावारीका कारण छात्रा तीन÷चार दिनसम्म विद्यालय नआउने, आइहाले पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता हट्ने विद्यालयकी शिक्षिका भुवनेश्वरी शाहीले बताइन् ।

 ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राको महिनावारी स्वच्छता व्यवस्थापनका लागि सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर