अबको समस्या कसरी हल गर्ने भन्नेमा जोड दिन मुख्यमन्त्रीको आग्रह 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आजको दुनियाँमा भएको समस्यालाई कसरी हल गर्ने भन्नेमा जोड दिनका लागी सबैमा आग्रह गरेका छन् । आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सुर्खेतमा एसओएस बाल ग्राम नेपालका बाल क्लबहरुको प्रथम राष्ट्रिय भेलालाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

नेपाली समाजलाई कसरी सभ्य बनाउने र त्यो शिक्षा कसरी दिने भन्नेमा जोड दिनको लागी त्यो शिक्षाको आजको दुनियाँमा आवश्यक रहेको उनले बताए । 

मान्छे बाट मान्छे बचाउनको लागी आज गाह्रो भएको भन्दै उनले अहिलेको योजण्डा भनेको नै नै मान्छे चिनाउनको लागी सुसान र आर्थिक समृद्धिको लागी अगाडी बढ्नु पर्नेमा जोड दिए । 

अहिलेको यो अबस्थामा समस्या धेरै भएको र त्यो समस्याबाट मुक्त पाउनको लागी सकरात्मक शिक्षाको आबाश्यक भएकोले त्यो शिक्षा दिने मान्छेको कमि भएको यो अबस्थामा एसआएस बाल ग्रामले यो क्षेत्रमा ठुलो भुमिका खेलेको उनले बताएका छन् ।

अहिले हामी जे जति पढ्छौ त्यो भनेको केवल सम्झीनको लागी मात्रै पढिरहेको र्छौ । शिक्षामा त्यो नभएर शिक्षा लिनको लागी र दिनको लागी पढिनु पर्ने उनको तर्क थियो । 
 
सो बाल क्लवहरुको राष्ट्रिय भेला जेष्ठ ३ गने सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर