नेकपाले टुंग्यायो जनवर्गिय संगठनको एकता, विद्यार्थीमा ऐन महर, युवामा दिपशिखा
महिलाको नेतृत्व अमृता थापा, मजदुरको विनोद श्रेष्ठ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय एकताको टुंगो लगाएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले एकताको टुंगो लगाएको हो ।
बैठकपछि संचारकर्मीहरुसंगको कुराकानीमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनवर्गीय एकता टुङ्गयाएको जानकारी दिए । युवाको अध्यक्ष पूर्व माओवादीले पाउँदा संयाेजक पूर्वमाओवादीबाट रामप्रसाद सापकोटाले पाएका छन् । र सहसंयोजकमा पूर्वएमालेबाट रमेश पौडेल छन् । त्यस्तै, विद्यार्थी संगठनको नेतृत्व ऐन महरले पाएका छन् । त्यस्तै सहसंयोजकमा पूर्वमाओवादीबाट रञ्जित तामाङले पाएका छन् ।
त्यस्तै महिलाको संयोजकमा पूर्वमाओवादीबाट अमृता थापामगर र सहसंयोजकमा पूर्व एमालेबाट सीता पौडेलको टुंगो लागेको छ ।
त्यस्तै वुद्धिजीवीको संयोजकमा पूर्वएमालेबाट डा दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा पूर्वमाओवादीबाट कृष्ण केसी र मजदुरको संयोजकमा पूर्वएमालेबाट विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिंखडालाई चयन गरेको हो ।
यसैगरी पत्रकारको संयोजकमा पूर्वमाओवादीबाट महेश्वर दाहाल र सहसंयोजकमा पूर्वएमालेबाट गणेश बस्नेत चयन भएका छन् ।
बैठकले निर्णय गरेका विषय भोली सार्वजनिक गर्ने तयारी गरिएको छ । एकता प्रकृयाका सबैजसो विषयमा सहमतिका साथ निर्णय भएको बताइएको छ । अन्यको नाम सार्वजनिक हुन बाँकी छ ।
प्रतिकृया दिनुहोस