• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

चिसोका कारण ५० मिटरसम्म खुम्चियो चन्द्रमा 

तस्विर : वेब

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेनसी नासाको एक रिपोर्ट अनुसार, चन्द्रमा खुम्चिदै गइरहेको छ । चन्द्रमाको भित्री सतह चिसिँदै गएका कारण चन्द्रमा खुम्चिदै गएको हो । 

पछिल्लो एक करोड वर्षमा पृथ्वीको उपग्रह मानिने चन्द्रमा ५० मिटरसम्म खुम्चिइसकेको छ, जसका कारण त्यहाँ भूकम्प गइरहेको बताइएको छ । यीमध्ये कुनै ५ रेक्टर स्केलसम्मका भुकम्प आइरहेका छन् । 

नेचर जियोसान्स जर्नलमा प्रकाशित यस रिपोर्टमा चन्द्रमाको सतहमा त्यसरी नै खुम्चिएको छ, जसरी अंगुर किसमिस बन्ने क्रममा खुम्चिएको देखिन्छ । यद्यपि, यी दुई खाली फरक यति हुन्छ, अंगुरको बाहिरी सतह लचिलो हुन्छ, भने खुम्चिएमा चन्द्रमाको सतह फाट्ने वा चिरा पर्न थाल्छ । 

अमेरिकाको नेशनल एयर एण्ड स्पेस म्युजियमका वैज्ञानिक टमस वेटर्सका अनुसार चन्द्र सतह खुम्चिँदा त्यहाँ पनि थर्स्ट फल्ट  बनिरहेका छन् । यस प्रक्रियामा एउटा सतह अर्कोमाथि खप्टिइरहेका छन् । यसका कारण नै तीव्र गतिमा चन्द्रमामा भूकम्प आइरहेको वटर्सले बताए । यस्ता थर्स्ट फल्टको आकार भ¥याङ जस्तै हुन्छन् । कुनै फल्ट करिब १० मिटरसम्म अग्लो र कैयौं किलोमिटर क्षेत्रमा फैलिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर