• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

डिजाइनका कारण फ्लप भएका ५ फोन

तस्बिर : वेभ

काठमाडौं । हालको समयमा एकभन्दा अर्को उत्कृष्ट स्मार्टफोन विश्व बजारमा प्रतिस्पर्धामा छन् । प्रत्येक मोबाइल तथा फोन कम्पनीहरु आफ्ना उत्पादनलाई नयाँ फरक र उत्कृष्ट बनाउन नयाँ–नयाँ डिजाइनको प्रयोग गरिरहेका छन् । साधारण फोन मात्रै गर्न मिल्ने मोबाइलदेखि स्मार्टफोनसम्मको यात्रामा यस्ता धेरै फोन आए, जसमा डिजाइनका कारण निक्कै चर्चित पनि बने । यद्यपि, यसमा धेरैजसो फोन डिजाइन, लुक र बिक्रीमा नराम्ररी फ्लप भए । 

मोटोरोला स्टारटेक रेन्बो – रेन्ज फ्लिप डिजाइन भएको माटोरोला स्टारटेक रेन्बो फोन सन् १९९७ मा लञ्च भएको थियो । स्टारटक रेन्बो बाहेक यस रेन्जका सबै फोनको पर्फर्मेन्स राम्रो रह्यो । यो फोन फ्लप हुनुको मुख्य कारण यसको डिजाइनलाई मानिन्छ, जसले यस फोनलाई एक खेलौनाको लुक दिन्छ । 

नोकिया ७२८० – नोकियालाई ‘एभरग्रिन’ फोनको रुपमा लिइन्छ । यद्यपि, कम्पनीले यस फोनलाई लिएर केही त्रुटी गर्यो । यो फोन देख्नमा लिपिस्टिक जस्तो देखिन्छ । फोनमा कि–पेडको ठाउँमा टच–सेन्सिटिभ नैवी स्पिनर दिइएको थियो । 

तोशिबा जी ४५० – तोशिबा कम्पनीले यो फोन सन् २००८ मा लञ्च गरेको थियो । डिजाइनका कारण फ्लप मानिएको यो फोन एसी रिमोट र एमपी–थ्रि प्लेयर जस्तो देखिन्छ । फोनमा थि–जी नेटवर्क सपोर्ट थियो, जसमा दुई सय घण्टाको ब्याट्री व्याकप छ । 

सामसुङ अपस्टेज – सामसुङले वर्ष २००७ मा लञ्च गरेको यो फोनले ड्युअल स्क्रिन टेक्नोलोजीलाई अपनाएको थियो । यो फोनले म्युजिकल प्लेयरको रुपमा पनि काम गर्थ्यो । फोनमा १.४ इन्चको डिस्प्ले र १.३ एमपी क्यामेरा पनि दिइएको थियो । तर, यस फोनलाई डिजाइनका कारण फ्लप भएको मानिन्छ । 

मोटोरोला भी १०० – डिजाइनको मामिलामा यो फोन पनि नराम्ररी फ्लप भयो । कम्पनीले यस फोनलाई वर्ष २००० मा लञ्च गरेको थियो । फोनमा सस्तो प्लास्टिकको प्रयोग गरिएको थियो, जसबाट यो फोन प्रिमियम लुकभन्दा निक्कै फरक देखिन्थ्यो । एजेन्सी 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर