• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

लियोनल मेस्सीले जिते छैटौ पटक पीचीची अवार्ड

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन् ।

आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने । उनले यो सिजन मात्रै लिगमा ३६ गोल गर्न पुगे । अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै क्लबकाल लागि ५०औं गोल गरेका छन् । सर्वाधिक गोलकर्ता बनेर छैटौ पटक पीचीची अवार्ड हात पारेका मस्सीले आफ्नै क्लबका लुइस स्वारेज र रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमालाई पछि पारेका छन्  ।

मेस्सीले ३६ गोल गर्दा १३ एसिष्ट गरेका छन् । सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका स्वारेजले २१ गोल गरेका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेका रियलका बेन्जिमाले पनि २१ नै गोल गरेका छन । सेल्टा भिगोका लगो आसपासले २० गोल गर्न सफल भए ।

मेस्सीले एट्लेटिको मड्रिडका लिजेण्ड टेल्मो जाराले ६६ वर्षअगाडी बनाएको कीर्तिमान बराबरी गरेका हुन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर