• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

'सरकारको विरोध गर्नेहरु गणतन्त्रको नै विरोधी'–प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको नै विरोधी भएको बताएका छन् ।

सोमबार धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उनले  भने, 'एकवर्षमा कति फरक भयो । अर्को वर्ष हेर्नुस् कति फरक हुन्छ, यही हुन्छ भनेर छटपटी भएको छ ।' प्रधानमन्त्री ओलीले आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने दावी पनि गर्नुभयो ।

उनले नेपाल सानो देश भनेर आफैलाई अवमूल्यन गर्न नहुने भन्दै नेपालले अन्तर्रा्ष्ट्रिय मञ्चहरुमा आफ्नो अनुभव बाँड्नुपर्ने धारणा पनि राखे । 

नेपाल टेलिकमले पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी योजना सुरु गरेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर