• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको घोषणा, को–को परे टिममा

काठमाडौं । अर्को महिना हुने दुईवटा मैत्रिपूर्ण खेलका लागि नेपाली टिमको घोषणा भएको छ । मलेसिया र चाइनिज ताइपेईसँग हुने मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक योहान कलिनले २३ सदस्यिय टिम घोषणा गरे । नेपाली टिममा प्राय पुरानै अनुहार रहँदा विमल घर्तिमगर भने टिममा परेनन् । 

नेपालले आउँदो जुन २ मा क्वालालम्पुरमा मलेसियासँग र जुन ६ मा चाइनिज ताइपेईसँग मैत्रिपूर्ण खेल खेल्दैछ । यो मैत्रिपूर्ण विश्वकप छनोट प्रतियोगिताका लागि अभ्यासका रुपमा हेरिएको छ । प्रशिक्षक कलिनले दुई मैत्रिपूर्ण खेलले नेपाली टिमलाई सेट हुनका लागि महत्वपूर्ण रहने प्रतिक्रिया दिए ।
 
नेपाली टिम 

गोलकिपरः किरण चेम्जोङ, विकेस कुथु, एलन न्यौपाने डिफेन्डरः विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल मिडफिल्डर–फरवार्डः सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ट, अविषेक रिजाल, अञ्जन विष्ट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर