• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सुडान द्वन्द्व : झडपमा कम्तीमा ९ को मृत्यु

तस्विर : वेब

जुबा । दक्षिणी सुडानको पूर्वी क्षेत्रमा भएको हिंसात्मक घटनामा परी कम्तीमा नौ जना मारिएका छन् । 

देशको बोमा भन्ने ठाउँमा भएको सो घटनामा परी घाइते भएका मध्ये एक व्यक्तिको अवस्था गम्भीर रहेको अधिकारीहरुले सोमबार बताएका छन् । 

बोमामा संयुक्त राष्ट्रसंघको सहयोगमा सञ्चालित रेडियोे मिरायाले प्रसारण गरेको विवरण अनुसार सो घटना यही मे १७ तारिखका दिन भएको हो । 

स्थानीय बासिन्दा अझै पनि सो घटनाबाट त्रसित र आतङ्कित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

‘यो निकै ठूलो आक्रमण थियो, नौ जनाको मृत्यु भएको  पुष्टि भइसकेको छ, र अर्का एक जनाको अवस्था चिन्ताजनक छ,’ बोमा प्रदेशका स्थानीय सरकार मन्त्री नाताबु अब्राहमले भने । 

आक्रमण योजनाबद्ध र नियतवश नै भएको सरकारी अधिकारीहरुको भनाई छ । उनीहरुले घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको र दोषीको खोजी भइरहेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर