सुदूपश्चिम प्रदेश सभामा प्रि–बजेट माथिको छलफल सुरु

धनगढी ।  सुदूरपश्चिम प्रदेश सभामा पूर्व बजेट माथिको छलफल सुरु भएको छ । जेठ २ गते आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आगामी आर्थिक बषेको विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

आजबाट त्यस माथिको छलफल सुरु भएको हो । छलफलका क्रममा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले प्रादेशिक गौरवका आयोजनाहरूलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।। साथै सरकारको शैली विगतको सामन्तवादी शासन जस्तो भएकाले जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रममा बजेट विनियोजन गर्न धारणा राखेका छन् । 

पूर्व बजेट माथिको छलफलमा धारणा राख्ने क्रममा प्रदेश सभा सदस्य अक्कल बहादुर रावलले सरकारको कार्यशैली माथि प्रश्न उठाएका थिए। अहिले पनि समान्तवादी र पुरातनवादी सोच हाबी हुँदै गएको भन्दै उनले अब कृषि, युवा र विकट क्षेत्रका नागरिकलाई लक्षित गरेर सरकारले बजेट ल्याउनुपर्ने बताए । 

सत्तापक्षका अर्का सांसद वीरमान चौधरीले सरकारले पर्यटलन प्रवर्द्धन मात्रै नभएर त्यसको विकास, विद्यालय उमेर समूहका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने जस्ता कार्यक्रम प्राथमिकतामा राख्नुर्ने बताए ।  

सत्तापक्षकै सांसद पूर्ण जोशीले सरकारले कृषिमा गुजारामुखी कार्यक्रम ल्याउन नहुने बताए । बजारमा महँगी बढेर गरिखाने वर्गको दैनिकी कष्टकर भइसक्दा पनि सरकार चुप लागेर बस्न नहुने उनको भनाइ छ ।  सत्तापक्षकै अर्का सांसद प्रेम प्रकाश भट्टले विगतबाट सञ्चालन भएका तर गति नपाएका प्रादेशिक गौरवका आयोजनाको प्राथमिकता आगामी आर्थिक वर्षको बजेटले समेट्नुपर्ने बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर