• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

युवा स्वरोजगार कार्यक्रमका संयोजकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौ । अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा र युवा स्वरोजगार कार्यक्रमका संयोजकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा विनोदबाबु बिसी र युवा स्वरोजगार कार्यक्रमका संयोजक भानुभक्त आचार्यले हराएको राहदानीको प्रतिलिपि निकाल्ने प्रयोजनका लागि एक सेवाग्राहीसँग रु छ हजार घुस लिएको अभियोग लागेको छ ।

सेवाग्राहीसँग राहदानीको प्रतिलिपिका लागि विभागबाट जारी मिति मगाइदिने बहाना बनाई घुस माग गरेको पुष्टि भएको पाइएको आयोगले जनाएको छ । 

यस्तै आयोगले सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा बल बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसीलाई रु दश हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

 सामान्य व्यापार–व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी जवान केसीले घुस मागेको पाइएको आयोगले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर