‘को बन्छ करोडपती’ : म्याच फिक्सिङ गरेकाे भन्दै प्रश्न (भिडियोसहित)

काठमाडौं । ए पी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘को बन्छ करोडपती’ को सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । यो आलोचना विराटनगरका राजीव जैनले एक करोड रुपैया जितेको विषयमा रहेको छ । 

उनले आफनो ज्ञान र क्षमताको प्रयोग गरेर एक करोड जिते इतिहाँस रचे । जसलाई सबैले खुलेर प्रसंशा गरे । करोड बाजी मारे पछि उनी खुसि मनाइरहेका छन् तर समाजिक संजालहरुमा म्याच फिक्सिङ गरेर जैनलाई करोड जिताइएको भन्दै प्रश्न उठेको छ ।

को बन्छ करोडपतीको १५ औँ अर्थात एक करोडको प्रश्नमा राजीव अलमलिएका थिए । २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा भएको थियो? भन्ने प्रश्नका अप्सनहरु वि स २०१४ माघ १९ गते ,विस २०१४ फागुन७ गते , बिस २०१४ मंसिर २१ गते र वि स २०१४ पौस २५ गते थिए । ती अप्सनहरुमा राजीव निकै अलमलिए पछि कार्यक्रम प्रस्तोता राजेश हमालले आरामले जवाफ दिन सक्नुहुन्छ पानी खानुस भन्दै एक छिन डुल्न पनि सक्नुहूछ भनेर स्टेजमा यताउत्ता हिडेका थिए ।

जुन भिडियोमा स्पष्ट देख्न सकिन्छ । राजेश कुराकानी गर्दै स्टेजमा घुमिरहेको बेलामा नेपथ्यबाट एउटा आवाज सुनिन्छ माघ माघ भन्ने जुन भिडियो हेर्दा स्पष्टै सुन्न सकिन्छ ।

भिडियोको ३४ मिनेट १७ सेकण्डमा त्यो आवाज स्पष्ट सुन्न सकिन्छ राजीव र राजेश हुलीरहँदा नेपस्थ बाट स्पष्ट आवाज आएको छ । पहिला दोधार भइरहेका राजिवले जव त्यो सुने हट सिटमा बसेपछि २०१४ माघ १९ भन्ने अप्सनमै फिक्स गर्दिनुस भने र एक करोड जिते अहिले त्यो नेपथ्यको आवाजलाई लिएर कार्यक्रम युनिट माथी व्यापक प्रश्नहरु उठेका छन् । कार्यक्रम युनिटका तर्फबाट अहिले सम्म यस विषयमा कुनै औपचारिक धारणा बाहिर आएको छैन ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर