कस्तो भयो कलाकारहरुको चुनाव, को हारे को जिते

मुम्बई । भारतमा हालै निर्वाचन सम्पन्न भएको छ ।  जसमा बलिउड कलाकारहरुको पनि सहभागीता थियो ।  जसमा कस्ले कस्ले जिते अनि हारे भन्ने कुरा चासोको विषय बनेको छ । 

हेमा मालिनी :  अभिनेत्री हेमा मालिनीले बिजेपीबाट उत्तर प्रदेशको मथुरा क्षेत्रबाट २ लाख ९० हजार भन्दा बढी मत ल्याएर विजयी भएकी छन् । 

सन्नी देओल : त्यस्तै गरी अभिनेता सन्नी देओलले पनि पंजावको गुरुदासपुरबाट ८२ हजार मत बढी ल्याएर जितेका छन् ।

मनोज तिवारी : भोजपुरी फिल्मका अभिनेता मनोज तिवारीले दिल्लीबाट अत्याधिक मत ल्याएर विजयी भएका छन् । त्यसैगरी भोजपुरी फिल्मका अभिनेता रवी किशनले पनि उत्तर प्रदेशको गोरखपुरबाट जित हासिल गरेका छन् । 

मिमि चक्रवती : बंगला फिल्मकी अभिनेत्री तथा टेलिभिजन कलाकार मिमि चक्रवर्तीले तृणमूल कांग्रेसबाट २ लाख ९५ हजार मत बढी ल्याएर विजयी भएकी छन् ।

लाकेट चटजी : अभिनेत्री लाकेट चटर्जीले भाजपाबाट उम्मेदवार बन्दै पश्चिम बङ्गालको हुगलीबाट ७२ हजारभन्दा बढी मत अन्तरले जित हासिल गरेकी छन् ।

किरण खेर:  बलिउड अभिनेत्री किरण खेरले बिजेपीबाट उम्मेदवार बन्दै दोस्रो पटक लोक सभा निर्वाचनमा चण्डीगढबाट ४६ हजारभन्दा बढी मत अन्तरले जित हासिल गरेकी छन् ।

नुसरत : बंगला फिल्मकी अभिनेत्री नुसरत जँहाले पश्चिम बङ्गालको बशीरहाट क्षेत्रबाट तृणमूल कांग्रेसबाट उम्मेदवार बन्दै ३ लाख ३६ हाजर मत अन्तरले जित हासिल गरेकी छन् ।

बाबुल सुप्रिया : त्यस्तै गायक बाबुल सुप्रियोले अभिनेत्री मुनमुन सेनलाई पराजित गर्दै बिजेपीबाट चुनाव जितेका छन् ।

शत्रुघन सिन्हा : यस निर्वाचनमा बिजेपी छोडेर काँग्रेसबाट उम्मेदवार बनेका अभिनेता शत्रुघन सिन्हा भने भरि मत अन्तरले पराजित भएका छन् । 

प्रकाशराज बंग्लुरु :  अभिनेता प्रकाशराज बंग्लुरु सेन्ट्रलबाट ५ लाख ७३ हजार मत अन्तरले पराजित भएका छन् ।

उर्मिला मातोड़कर : काँग्रेसबाट उम्मेदवार बनेकी अभिनेत्री उर्मिला मातोड़कर पनि पराजित भएकी छन्  । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर