• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

जापान भ्रमणमा ट्रम्प

तस्बिर : वेभ

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार दिने औपचारिक भ्रमणका लागि शनिबार जापान पुगेका छन् । 

जापान र अमेरिका दुवै तर्फका अधिकारीहरुले जापानका राष्ट्रपति सिन्जो आबे र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अभूतपूर्व संवन्ध रहेको जनाएका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापानका नयाँ राजा नारुहितोलाई सोमबार भेट्ने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् ।

 यसअघिका राजाले स्वास्थ्यको कारण देखाउदै पद त्याग गरेपछि जापानमा अहिले नयाँ राजाले जिम्मेवारी पाएका छन् । 

सुमो शिखर सम्मेलनका लागि ट्रम्प जापान आएका हुन् । जापानका प्रधानमन्त्री आबेले पनि हालै अमेरिकाको भ्रमण गरेका थिए ।

ट्रम्पका एक जना बरिष्ठ अधिकारीले भनेका छन्, ‘दुई नेताहरु एक अर्काका देशमा आउने जाने र भेटवार्ता गर्ने गरिरहनु भएको छ, यसैबाट उहाँहरुको सम्वन्ध कस्तो छ भन्ने थाहा हुन्छ ।’

जापानका एक जना उच्च कुटनीतिक अधिकारीले पनि दुई देशका शिर्ष नेताहरुको लगातारको भेटघाटले उनीहरुको सम्वन्ध अदभूत छ भन्ने पुष्टि हुने दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर