• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

इन्डोनेसियाको बालीमा ज्वालामुखी सक्रिय, ९ गाउँ सखाप, ५ उडान रद्द

तस्विर : द गार्डियन

जाकार्ता । इन्डोनेसियाको बालीमा माउन्ट अंगुग ज्वालामुखी सक्रिय भएपछि बाली विमानस्थलमा विमान परिचालनमा रोक लगाइएको छ । 

शुक्रबार रातिबाट ज्वालामुखी सक्रिय भएको त्यहाँको आपत् एजेन्सीले जानकारी दिएको छ । 

ज्वालामुखी भएको साढे चार मिनेटसम्म लाभा र तातो चट्टान बगेको एपीको रिपोर्टले जनाएको  छ । ज्वालामुखीको लाभा मुखबाट करिब तीन किलोमिटरसम्म फैलिएको बताएको छ । 

लाभाले नौ वटा गाउँलाई सखाप पारेको छ । आपत एजेन्सीले ज्वालामुखीको लाभा फैलिने क्षेत्र चारैतिर चार किलोमिटर रहेकाले उच्च चेतावनी जारी नगरिएको बताएको छ । 

हवाई महानिर्देशनालयले बालीको चार उडान मार्गलाई परिवर्तित गरिएको र ज्वालामुखीबाट उत्पन्न खरानीको बादलका कारण पाँच वटा उडान रद्द गरिएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर