• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पत्रकारलाई लोपरेका मेयरले अधिकृत मिश्रको नाम लिएपछि...

झापा ।  केहीदिन अघि ईटहरीका मेयर द्धारिकलाल चौधरीले पत्रकारलाई लोपरेको भिडियो अहिलेपनि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । त्यहि भिडियोको १ मिनेट २४ सेकेण्डमा मेयर चौधरीले एकजना पूर्व प्रमुख प्रशासकीय अधिकृतको नामै किटान गरेर भ्रष्टाचार गरेको र अनेक प्रकृया मिलाएर अख्तियारले क्लिन चिट दिएको कुरा खुलाएका छन् ।

मेयर चौधरीले नाम लिएका ति प्रमुख प्रशासकीय अधिकृत हुन् सागर मिश्र । जो अहिले झापाको गौरादह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा छन् । जब, मेयर चौधरीको उक्त भिडियो सामाजिक सञ्जाल र बिभिन्न सञ्चार माध्यमहरुबाट बाहिरियो तब अहिले गौरादहका धेरैको ध्यान मेयर चौधरीले नाम लिएका सागर मिश्रतर्फ सोझिएको छ । सामाजिक सञ्जालमा अहिले यहि बिषयलाई लिएर अनेकौं टिका टिप्पणी सुरु भएका छन् । केहिले त सामाजिक सञ्जालमै लेखेका छन्, ‘ईटहरी सिध्याएर आका रे ...... ।’

यस्तै, गौरादहवासी अब सचेत हुनेबेला आयो भन्दै उल्लेख गरेको देख्दा प्रमुख प्रशासकीय अधिकृत मिश्रप्रति शंंकाको दृष्टि गएको देखिन्छ । मिश्र यो त्यसबेला इटहरीको चर्चित सिएफएल काण्डमा मुछिएको कुरा इटहरीका मेयरले खुलाएपछि यहि बिषयलाई लिएर अहिले मिश्रका बारेमा सामाजिक सञ्जालमा अनेकौं टिका टिप्पणी आउन थालेको पाइएको छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर