‘आइसक्रिम लाइभ’को आउटलेट न्युरोड पोखरामा सञ्चालन

पोखरा । अमेरिकन प्रविधिको लाइभ आइसक्रिमको पार्लर पोखरामा सञ्चालनमा आएको छ । एक वर्ष अगाडि काठमाडौंमा भित्रिएको उक्त प्रविधिको पहिलो आउटलेट पोखरामा भित्र्याएको हो । पोखराको न्युराडस्थित भाटभटेनीको अगाडि सञ्चालनमा आएको लाइभ आइसक्रिम पार्लरको शनिबार एक कार्यक्रमका बीच कलाकारहरु वर्षा राउत र सन्ध्या केसीले उद्घाटन गरे ।

पोखराका व्यवसायीहरु चिन्तामणि बास्तोला, सन्तोष घिमिरे, विनोद न्यौपाने र शेखर कोइरालाको संयुक्त लगानीमा आइसक्रिम पार्लर सञ्चालनमा आएको हो । लाइभ आइसक्रिम एक मिनेटमा तयार हुने सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए । ‘ग्राहकले आइसक्रिम बनाएको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन,’ उनले भने । अमेरिकन प्रविधिबाट पोखरामा पहिलो पटक आइसक्रिम तयार पारेर बिक्री गर्न सुरु गरिएको घिमिरेले जानकारी दिए ।

यस अगाडि यो प्रविधिबाट काठमाडौंका विभिन्न स्थानमा आइसक्रिम पार्लर सञ्चालन भइसकेका छन् । काठमाडौंको अत्याधिक सफलता पछि यो प्रविधिलाई पोखरामा भित्र्याएको बताइएको छ । अन्य आइसक्रिम भन्दा यसको स्वाद निकै फरक रहेको आइसक्रिम लाइभका प्रवन्ध निर्देशक सञ्जोग कोइराला बताउँछन् । ‘लाइभ आइसक्रिम भएकाले अन्य आइसक्रिमको तुलनामा ताजा हुन्छ,’ उनले भने । १ करोड रुपैयाँ भन्दा बढी लगानीमा आइसक्रिम पार्लर पोखरामा सञ्चालनमा आएको हो । १२ वटा विभिन्न फ्लेबरमा आइसक्रिम बिक्री हुनेछ ।

तरल नाइट्रोजन अन्त्यन्त चिसो हुन्छ । त्यसलाई हावामा छोड्ने वित्तिकै त्यसले वरिपरीको क्रिमलाई जमाएर आइसक्रिम बनाउँछ । यसको जम्ने तापक्रम माइनस ३२१ डिग्री भएकाले आइसक्रिमलाई ‘माइनस ३२१ आइसक्रिम लाइभ’ भनेर ब्राण्डिङ गरिएको छ । ‘यति कम तापक्रम भएपनि ग्राहकको हातमा आइपुग्दा खानका लागि तयार र स्वादिष्ट हुन्छ,’ कोइरालाले भने, ‘ताजा तयार हुने भएकाले यो आइसक्रिम स्वस्थकर हुन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर