• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:08 am

एचआइभी संक्रमित किर्तिमानी सगरमाथा आरोही श्रेष्ठको पोखरामा स्वागत [फोटोफिचर]

पोखरा । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर एचआइभी संक्रमित गोपाल श्रेष्ठ शुक्रबार गृहनगर पोखरा फर्किएका छन् । विश्व किर्तीमान बनाएका श्रेष्ठले ८ गते बुधवार विहान ७ः२० वजे सगरमाथाको सफल आरोहरण गरेका थिए । 

विश्वमै एचआइभी संक्रमित ब्यक्तिले सगरमाथाको सफल आरोहण गरेको उनीनै पहिलो व्यक्ति हुन् । एचआईभी लागेका व्यक्तिहरुलाई भेदभाव गर्ने चलनको  अन्त्य गर्ने उद्देश्यले  उनको  सगरमाथा चढ्ने उनको पहिलो प्रयास विफल भएपनि यसपाली भने उनी सफल भएका हुन् । २५ वर्षअघि एचआईभी संक्रमण भएका ५६ वर्षीय श्रेष्ठलाई पोखरामा भव्य स्वागत गरिएको छ ।

उनी शुक्रबार विहान ०९ वजे पोखरा विमानस्थल अवतरण गरेका थिए । जहाँ धेरै पोखरेलीहरु उनलाई स्वागत गर्नको लागि प्रतिक्षामा रहेका थिए । उनको आगमन भएपश्चात भव्य रुपले स्वागत र अभिनन्दन गरिएको छ । श्रेष्ठसँगै पोखरा विमास्थलबाट बाइक ¥याली गर्दै पोखरा पृथ्विचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक हुदै लेकसाइड बाट रत्नचोक उनको घरसम्म विशेष बाजा गाजाको साथमा भव्य स्वागत गरिएको छ । 

उनले यसअघि  ‘स्टेप अप क्याम्पियन’ अभियान मार्फत सन् २०१५ मा सगरमाथा पनि चढ्ने प्रयास गरेका थिए । तर त्यतिवेलाको विनाशकारी महाभूकम्पका कारण सफल भएका थिएनन् । यतिबेला भने दुई महिना अघि ओरोहणलाईल लागि पोखराबाट हिडेका उनि सफल आरोहण गरि फर्किएका हुन् । श्रेष्ठले यो जित आफ्नो मात्र नभइ सम्पूर्ण नेपालीको भएको भन्दै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेका छन् । 

यस सगैँ विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नापेर फर्किएको टोलीका प्रमुख ई. खिमलाल गौतम लाई पनि  शुक्रबार गृहनगर पोखरामा भव्य स्वागत गरिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Blue light illuminates mark World Refugee Day at Gaddhi Baithak (Photo Feature)

  • ५ असार, २०७६

kathmandu, 20 june . Blue light illuminates the historic Gaddhi Baithak to mark World Refugee Day at Basantapur Durbar

कञ्चनपुरका थारु समुदाय : घाँसबाट यसरी बनाउँछन सुन्दर सामाग्रि [फोटोफिचर]

  • ५ असार, २०७६

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, नयाँबस्तीका स्थानीय राना, थारु समुदायका मानिसले बनाउने घाँसका आकर्षक सामानहरुले उचित बजार पाउन सकेको

माईतीघरमा देखिएकाे नेवा सँस्कृती

  • ४ असार, २०७६

काठमाडाैं । सरकारले गुठी विधेयक फिर्ता लिएपनि विभिन्न समुदायले बुधबार प्रदर्शनकाे कार्यक्रम फिर्ता गरेनन् । आफ्नो सांस्कृतिक झाँकी सहित प्रदर्शन