• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:04 am

पाल्पामा दिनप्रतिदिन बढ्दै खानेपानीको समस्या [फोटोफिचर]

पाल्पा । गर्मी महिना सुरु भएसँगै पाल्पामा खानेपानीको समस्या बढ्दै आएको छ । पहाडी जिल्ला पाल्पामा सदुमुकाम तानसेनसंगै गाउँबस्तीमा रहेका पानिका मुहानहरु सुकेपछि पानीको समस्या दिनप्रतिदिन बढ्दै आएको हो ।

चर्को घामसंगै वर्षा नभएका कारण पानीका मुहान सुकेको र अधिकांश बस्तीहरु डाडामा रहेको हुदाँ खानेपानीको समस्या बढेको हो । पश्चिम पाल्पाको रैनादेवि छहरा गाउँपालिकाको वडा नम्बर ४ काफलबोटका स्थानीयहरुलाई खानेपानीको समस्याका कारण दैनिकी चलाउन समस्या भएको गुनासो गरेका छन । पानीको अभावले गर्दा सरसफाई गर्नदेखि खाना बनाउन समेत नभ्याउने स्थानीय सरस्वती खत्रीले बताइन ।

सरस्वती मात्र होईन यहाँ सबै महिलाको समस्या उस्तै छन । स्थानीय कमला खत्रीलाई पानी बोक्न जादामै विहान बित्ने गरेको र खानेपानीको पाले कुर्दा कुर्दै खाना पकाउने समयसमेत नपुग्ने बताईन । स्थानीय मानकुमारी रानाका छोरा अहिले एस इ इ दिने हुन उनले भनिन– ‘पानीको पालो ढिला आयो भने छोरालाई विद्यालय पठाउन समेत सक्दीन । पानीको समस्याले गर्दा मैले दुःख पाएपनि छोराको पडनपाडनमा समेत  समस्या पुगेका छ ।’

जिल्लाको पूर्वी भेगको मित्याल, खानीडाडाँ, उत्तरको बगनासडाडाँ र पश्चिम पाल्पाको भुवनपोखरी, छहरा लगायतका गाउँका स्थानीयले खानेपानिको चरम समस्या भोग्दै आएका छन । जिल्लाका विभिन्न गाउाहरुमा खानेपानी समस्या समाधानका लागी विभिन्न आयोजनाहरु संचालीत छन तर खानेपानिका लागी घन्टै हिड्नपर्ने बाध्यतासंगै बिरामी भएको बेलामा निकै समस्या हुने गरेको स्थानीय बताउँछन ।

ग्रामीण भेगसंगै जिल्ला सदरमुकाममा समेत खानेपानिको समस्या दिनानुदिन बढ्दै जादा पानीको हाआकार भएको छ । विभिन्न कामाकाज र उच्च शिक्षा हासीलका लागी विभिन्न जिल्लाबाट तानसेनमा बसेकाहरुलाई पानीकै कारण कामकाजमा समस्या परेको छ । अध्ययनका लागी बस्ने विद्यार्थीहरुलाई लामो समयसम्म पानी बोक्न जानुपर्ने बाधयताका कारण अध्ययनमा समस्या भएको त्रिभुवन कहुमुखी क्याम्पस पाल्पाका शिक्षक कृष्ण आलेले बताए ।

पाल्पामा पछिल्लो समय बनजंगलको फडानी र विभिन्न खानीहरुको उत्खनन हुदाँ पानीका मुहानहरु मासिदै आएका छन । वर्षेनि खानेपानीको माग बढेपनि स्थानीय सरकारले खानेपानीको उचित रुपमा व्यवस्थापन गर्न नसक्दा खानेपानी समस्या दिन प्रतिदिन बढ्दै आएको छ । जिल्लाको खानेपानि समस्या समाधानका लागी ६५ वटा आयोजना क्रमागत रुपमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार खानेपाी व्यवस्थापनका लागी यो वर्ष पनि प्रदेश सरकारले ९ वटा आयोजना थप गरेको छ । जिल्लामा रहेका आयोजनालाई छिटो सम्पन्न गर्नका लागी बजेटको कमी र कर्मचारी समायोजनले गर्दा समस्या भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका सुचना अधिकारी मातृका प्रसाद गौतमले जानकारी दिए ।

सरकारले खानेपानिको समस्या समधानका लागि एक घर एक धाराको अवधारण ल्याएपनि कागजमै सिमित छ । पाल्पामा वि.स. ६४।६५ सालदेखि सुरु भएका आयोजनाहरु अझै सम्पन्न हुन सकेका छैनन । यसतर्फ उपभोक्ता समिति र स्थानीय सरकारले चासो दिनुपर्ने देखिन्छ ।

सबै तस्बिरहरू ः कमल अधिकारी/पाल्पा

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Blue light illuminates mark World Refugee Day at Gaddhi Baithak (Photo Feature)

  • ५ असार, २०७६

kathmandu, 20 june . Blue light illuminates the historic Gaddhi Baithak to mark World Refugee Day at Basantapur Durbar

कञ्चनपुरका थारु समुदाय : घाँसबाट यसरी बनाउँछन सुन्दर सामाग्रि [फोटोफिचर]

  • ५ असार, २०७६

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, नयाँबस्तीका स्थानीय राना, थारु समुदायका मानिसले बनाउने घाँसका आकर्षक सामानहरुले उचित बजार पाउन सकेको

माईतीघरमा देखिएकाे नेवा सँस्कृती

  • ४ असार, २०७६

काठमाडाैं । सरकारले गुठी विधेयक फिर्ता लिएपनि विभिन्न समुदायले बुधबार प्रदर्शनकाे कार्यक्रम फिर्ता गरेनन् । आफ्नो सांस्कृतिक झाँकी सहित प्रदर्शन