• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

प्रचण्डसँग 'पौंठेजोरी'को मुडमा पोखरेल

काठमाडौं । नेकपाका अध्यक्ष, तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष, १० वर्ष लामो जनयुद्धको नेतृत्व गरेको सुप्रिम कमाण्डर, दुई पटक सम्म देशको प्रधानमन्त्री बनिसकेका पूर्व प्रधानमन्त्री हुने पुष्पकमल दाहाल ‘प्रचण्ड’ । देश दुनियाँले चिनेका, अहिले पनि समकालिन नेपाली राजनीतिमा निर्णय र समन्वय गर्न सक्ने नेता मध्यका अग्रणी नेता हुन् प्रचण्ड ।

नेपाल कम्यूनिष्ट पार्टीका सचिवालय सदस्य हुन् ईश्वर पोखरेल । उनि तत्कालिन नेकपा एमालेका महासचिव थिए । आफु पार्टीको महासचिव हुंदा समेत काठमाडौं क्षेत्र नम्बर ५ बाट संविधानसभाको दोश्रो निर्वाचनमा काँग्रेसका गणतन्त्रवादी नेता नरहरी आचार्यसँग पराजित भए । 

पोखरेल सन् १९९८ मा नेकपा एमालेका केन्द्रिय सदस्यमा मनोनित भएका थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री समेत भएका उनि २०६६ मा नेकपा एमालेको महासचिव भएका थिए।  अहिले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट भनेर चिनिने गरेका पोखरेल एमाले माओवादी एकताताका एकता विरोधी नेताका रुपमा कतिपयले लिने गरेका थिए । 

पार्टी एकता गर्दा अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको ५ बुंदे सहमतिले उनको त्यो महत्वकाँक्षामा चिसो पानी खन्याईदियो । अझ उनलाई पाखा लगाएर उपमहासचिव विष्णु पौडेल पार्टीको नेकपाको महासचिव बने । सरकारमा पोखरेललाई लगियो तर सुरुमा न उपप्रधानमन्त्री दिईयो न उनले चाहेको अर्थमन्त्रालय दिन प्रधानमन्त्री ओली नै तयार देखिए । 

त्यतिबेला देखि यतिबेला सम्म उनका अभिव्यक्तीको सामान्य विश्लेषण गर्दा उनि तत्कालिन नेकपा माओवादी केन्द्र र त्यसको नेतृत्व पुष्पकमल दाहालप्रति कठोरतापूर्वक प्रस्तुत भएका छन् । र उनको त्यो कठोरता र त्यतिबेला लागेको एकता विरोधी ट्याग पद प्रतिको महत्वकाँक्षाको अभिव्यक्ती हो भन्ने नेताहरु तत्कालिन एमाले भित्रै छन् । 

पोखरेलले आफुलाई नेकपा एमालेको अध्यक्ष ओली पछिको उत्तराधिकारी ठानेका थिए । माओवादी र एमालेको मिलनपछि उनको त्यो महत्वकाँक्षा तत्काल पूरा हुने संभावना देखिएन । त्यसैले उनि एकता गरिहाल्ने हो भने माओवादीलाई कमजोर हैसियत दिएर मात्रै गराउनुपर्छ भन्ने मान्यता राख्दथे । माओवादीले गरेको १० वर्षे जनयुद्ध र त्यसका उपलव्धिलाई उनले कहिल्यै सकारेनन् । बरु प्रचण्डमाथि प्रहार केन्द्रित गरिरहे ।

पार्टी एकता गर्दा अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको ५ बुंदे सहमतिले उनको त्यो महत्वकाँक्षामा चिसो पानी खन्याईदियो । अझ उनलाई पाखा लगाएर उपमहासचिव विष्णु पौडेल पार्टीको नेकपाको महासचिव बने । सरकारमा पोखरेललाई लगियो तर सुरुमा न उपप्रधानमन्त्री दिईयो न उनले चाहेको अर्थमन्त्रालय दिन प्रधानमन्त्री ओली नै तयार देखिए । 

यसले पोखरेलमाथि केही समय चर्को दबाब पर्यो । अध्यक्ष ओलीसँग ठासठुस गरेका पोखरेल अन्तत ओलीकै दौराको फेरो समाउन पुगे । अहिले उनले बहसको विषय बनाएका छन् , जनताको बहुदलीय जनवाद ।  पोखरेलले भनेका छन्, 'म यो सैद्धान्तिक विषय लिएर तल सम्म जान्छ ।'

तर उनको यो अभिव्यक्तिलाई नेकपाकै केन्द्रिय सदस्य तथा युवा नेता विष्णु रिजालले बेमौसमको बाजाको संज्ञा दिएका छन्, नाम किटान नगरेपनि रिजालको अभिव्यक्तिले पोखरेलमाथिको प्रहार पुष्टी गर्दछ । 

उनले भनेका छन्, 'देउसी,भैलो रमाइलो हुन्छ । तर, दशैं,तिहारबाहेक अरू बेला खेल्दा रमाइलो’ होइन, हाँस्यास्पद हुन्छ । विचार कुनै आफन्तले सम्झिंदा लाग्ने ‘बाडुली’ वा आफूले भनेको एक,दुईजनाले जिम्मा नपाउँदा आँशु पुछ्ने रूमाल होइन ।'

पोखरेलले व्यक्त गर्ने गरेका अभिव्यक्ति तत्कालिन एमालेकै एउटा खेमालाई चित्त बुझेको छैन । जनताको बहुदलीय जनवाद नयाँ आधारमा छलफल गरेर परिस्कृत गर्नुपर्छ भन्ने बहस गर्ने नेताहरु सोही पूर्व पार्टी भित्र प्रसस्त छन् । नेता माधव कुमार नेपाल र झलनाथ खनाल नजिकका भनेर चिनिने नेताहरुले सार्वजनिक रुपमा उहि अवस्थामा जबजको औचित्त नरहेको बताएका छन् ।

 

एकताको बेला कुनै आधिकारिक निकाय वा बैठकबाट नेकपाको विचार तय गरिएको होइन, आठ नेता (केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा) को हस्ताक्षरबाट पूर्वमान्यता स्थगित गरी ‘जनताको जनवाद’ बनाइएको हो । 

त्यसैले सांगठनिक एकता नटुंगिदै ‘विचार’ को फ़ायर खोल्नुलाई ‘कहीं पे निशाना, कहीं पे तीर’ अथवा 'looking London, Talking Tokyo' भनिन्छ । विचारको बहस आवश्यक छ । पहिले सांगठनिक एकता गरौं, विधि तयार गरौं र बहस आरम्भ गरौं ।’

पोखरेलले व्यक्त गर्ने गरेका अभिव्यक्ति तत्कालिन एमालेकै एउटा खेमालाई चित्त बुझेको छैन । जनताको बहुदलीय जनवाद नयाँ आधारमा छलफल गरेर परिस्कृत गर्नुपर्छ भन्ने बहस गर्ने नेताहरु सोही पूर्व पार्टी भित्र प्रसस्त छन् । नेता माधव कुमार नेपाल र झलनाथ खनाल नजिकका भनेर चिनिने नेताहरुले सार्वजनिक रुपमा उहि अवस्थामा जबजको औचित्त नरहेको बताएका छन् ।

अध्यक्ष प्रचण्ड र ओलीसहितका ८ नेताले तत्कालिन एमालेले भन्ने गरेको जनताको बहुदलीय जनवाद वा तत्कालिन माओवादीले भन्ने गरेको २१ औं सताव्दीको जनवाद हैन, पार्टी एकताको आधार जनताको जनवाद भनेर सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सचिवालय सदस्य पोखरेलले तत्कालिन माओवादी र प्रचण्डप्रति गरेको प्रहारलाई माओवादी खेमाले मन नपारउने कुरा स्वभाविक हो । तर एमाले खेमा भित्रै पनि उनको गतिविधि आलोच्य छ । 

माओवादी खेमाका यूवा नेता युवराज चौलागाईले नेता पोखरेलप्रति सार्वजनिक रुपमा कटाक्ष गरेका छन् । उनले भनेका छन्, 'कमरेड ईश्वर पोखरेलको अन्तर्वार्ता रुची पूर्वक पढियो  गजब रोमाञ्चक लाग्यो , आदरणीय नेता कमरेडलाई एउटा अनुरोध, अब देखि अर्को एउटा कुरा पनि यहांबाट भन्न नछुटोस, नेकपा मलाई थाहा छैन, नेकपा एमाले सहि थियो, त्यहि नाम र त्यसकै समग्रता चाहन्छु, कुरै सकियो । कति घोचिरहनु '

जबज को जन्म जडतामा जकडिएर भएको होइन । नेपालको कम्युनिष्ट आन्दोलनका अग्रजहरूले अघि सारेका राजनीतिक विचार र मान्यताका सकारात्मक पक्षहरूको जगमा उभिएर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका नकारात्मक अनुभवहरूको निर्मम समीक्षा गरेर तथा मार्क्सवादी दर्शन र सिद्धान्तबाट निर्देशित हुँदै यो विचार विकसित भएको हो । 

 

नेता पोखरेलले अव पार्टीको नेतृत्व आफुले लिन चाहेको र त्यो जबजको बलमा खडा हुने दावी गरेका छन् । उनले पछिल्लो एक अन्तरबार्ताका क्रममा अबको नेतृत्वबारे भनेका छन्, ‘अध्यक्षहरू अलमलिनुभएको कुरामा मैले के जवाफ दिनु र । तर नेतृत्व भन्ने कुरा तीनवटा आधारमा खडा हुन्छ । एउटा, देशभरिका कार्यकर्ताको आम चाहना के हो र? अर्को परिस्थितिले के कुराको डिमान्ड गर्छ रु र, आवश्यकता के हो रु यस आधारमा नेतृत्वको फैसला हुन्छ ।’

जबजबारे उनके भनाइ छ, 'यो सुन्दर लाग्ने सूत्रीकरण मात्र होइन । नत यो अत्यन्त आदर गरिएका दिवंगत नेताको नाम सम्झेर भावुकतावश उल्लेख गरिएको नामाकरण नै हो । नेपाली विशिष्टतामा मार्क्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दा विकसित भएको विचार हो, जनताको बहुदलीय जनवाद ! यो नेपाली क्रान्तिको ठोस व्यवहारमा विकसित नवीन विचार हो र नेपालको विशिष्टतामा क्रान्तिकारी परिवर्तनलाई दिशा निर्देश गर्ने विचार पनि हो । यसले नेपालको क्रान्तिकारी परिवर्तन सम्वन्धमा सैद्धान्त्तिक र नीतिगत प्रश्नहरूको आधारभूत रूपमा समाधान गरेको छ ।

जबज को जन्म जडतामा जकडिएर भएको होइन । नेपालको कम्युनिष्ट आन्दोलनका अग्रजहरूले अघि सारेका राजनीतिक विचार र मान्यताका सकारात्मक पक्षहरूको जगमा उभिएर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका नकारात्मक अनुभवहरूको निर्मम समीक्षा गरेर तथा मार्क्सवादी दर्शन र सिद्धान्तबाट निर्देशित हुँदै यो विचार विकसित भएको हो । 

विगतमा राजाको शासन भएका वेला ज्यान जोगाउन छड्के हान्दै अघि सारिएको औसरवादी विचार होइन वा कुनै धारलाई क्रमभंग गरिदिउँ भनेर अघि सारिएको मौसमी विचार पनि होइन । यो गतिमै जन्म्यो , गतिमै विकसित हुँदै गतिमै अघि बढ्छ पनि ।

जनताकै विरोधमा यो अघि बढ्छ र बढ्दैजान्छ पनि । जनताको वहुदलीय जनवादले जनवादी राज्यसत्ताको लोकतान्त्रिकरण, आन्दोलनको लोकतान्त्रिकरण, पार्टीको लोकतान्त्रिकरण र समग्र कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण सम्वन्धी मान्यतालाई सशक्त ढंगले अघि सारेको छ । 

सेवा, संघर्ष,प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने नीतिका आधारमा संगठनात्मक जीवनलाई व्यवस्थित गर्नुपर्छ भन्ने मान्यता राख्छ जनताको वहुदलीय जनवादले । अहिलेको अवस्थामा केही न केही नयाँ विचार बनाऔुं भन्दै विकसित र स्थापित विचारका विरूद्धमा अन्यथा नबुझ्नु , नबोल्नु राम्रो !!

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर