• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सामूहिक बलात्कारमा परेकी किशोरीको स्वास्थ्य अवस्था चिन्ताजनक

अस्पतालले सम्पूर्ण उपचार खर्च व्यहोर्ने

जनकपुरधाम । सामूहिक बलात्कारमा परेकी धनुषा बटेश्वरकी एक किशोरीको स्वास्थ्य अवस्था चिन्ता जनक रहेको छ । बलात्कृत भएपछि मानसिक रुपमा डराएकी ती किशोरीको उपचार अहिले जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ । गत फागुन ११ गते साँझबाट गायब भएकी ती किशोरीलाई तीन महिनासम्म सामूहिक बलात्कार भएपछि स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । 

बलात्कृत किशोरीको मुटुमा समेत समस्या रहेको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. नागेन्द्र यादवले बताए । उनले सो किशोरीको स्वास्थोपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पताल प्रशासनले नै व्यहोर्ने आश्वासन समेत दिए । किशोरीको मुटुमा समेत समस्या रहेकोले उनलाई थप उपचारका लागि शहीद गंगालाल हृदय रोग केन्द्रमा हुने भएको छ । 

यता किशोरीको उपचारमा समस्या नहोस उद्देश्यका साथ रतौली युवा क्लवका अध्यक्ष बैद्यनाथ ठाकुरले आर्थिक सहयोग समेत गरेका छन् । उनले किशोरीको उपचारका लागि तत्काल ५ हजार रुपैया आर्थिक सहयोग गरेका छन् । ठाकुरले उनलाई पहिलेकै अवस्थामा ल्याउनका लागि सहयोग गरिरह्ने प्रतिबद्धता व्यक्त गरे । 

यसरी भइन बलात्कृत
धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने ती दलित किशोरी आफ्नै घरमा थिइन् । उनीहरु ती किशोरी घरमै रहेको समयमा चिनजानकै एक केटो आएर बेहोसिको औषधी खुवाएर भारतको बिहार राज्यको मुज्जफरपुर पुर्याए । पीडित किशोरीका अनुसार बेहोसीको औषधी खुवाएपछि आँखामा कालोपट्टी हातखुट्टामा डोरी बाँधेर तीन चारजनाको समूहले मुज्जफरपुर पुर्याएका थिए । 

उनलाई त्यहाँ तीन महिनासम्म बन्धक बनाएर लगातार बलात्कार गरियो । राम्ररी तीन महिनासम्म सुत्न समेत नपाएकी ती किशोरी होश आएलगत्तै बेहोसीको दवाई वा सुई लगाउनकालागि एक जना त्यहाँ हुन्थे ती किशोरीले बताइन् । 

पीडित किशोरी स्थानीय एक महिलाको सहयोगमा मुज्जफरपुरबाट भागेर जनकपुरधाम आउन सफल भएकी थिइन् । 

घटनामा संलग्न मध्ये कोही पनि पक्राउ पर्न नसकेको र घटनाको अनुसन्धान भईरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडलेले बताए । 

यता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले दोषीमध्ये कोही पक्राउ नपरेपनि महोत्तरी लोहारपट्टी नगरपालिका–२ सुखैनियाका २२ वर्षीय रवानी राईन कवारीविरुद्ध किशोरी अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको जनाकारी दिएका छन् । दोषीहरुको खोजी तीव्र पारिएको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर