• शनिबार ६-४-२०७६/Saturday 09-21-2019/ 12:37 am

हाम्रो अर्थतन्त्र ४ खर्ब लगानी गर्ने, ११ खर्ब खाने खालकाे छ - भुसाल

आफैं प्रस्ट भएजस्तै, म यो बजेटको समर्थन गर्न आएको हुँ । यसको अकारण भन्ने छैन । यसको पहिलो कारण के छ भने, यो धेरैले रुचाइएको बजेट हो । करिब ८ लाख कर्मचारी तलब बढेकोमा खुःसी छन्, १३/१४ लाख वृद्धहरु भत्ता  बढेकोले खुःसी छन्, हामी सांसद त्यसमध्येपनि निर्वाचितहरु यहाँ ६ करोडले खुःसी छौं । धेरै मान्छे खुःसी छन्, यसको प्रभाव पूँजी क्षेत्रमा पनि पर्नेछ र नीजि क्षेत्रका कामदारहरुको पनि तलब बढ्नेछ । त्यसैले उनीहरु पनि आशाका साथ खुःसी छन् । 

र यसरी यो बजेटका बारेमा धेरै मान्छेहरु खुसी भएका कारण सत्ताधारी दल खुःसी छ । विपक्षीहरु पनि अहिले खुःसी नै देख्छु । कमसेकम त्यसले एक दुईवटा अकंमा भएपनि एउटा खोट लगाएर ठूलो उपलब्धि प्राप्त गरेको छ, प्रचार गरेको छ र उ खुसी छ । यसर्थ, वस्तुतः यो एउटा लोकप्रिय बजेट भन्न सकिन्छ र मैले यसलाई समर्थन गरेको हुँ । 

दोस्रो, केही मेरा पूर्वाग्रहको तहसम्म भन्न मिल्नेगरी विकासका बारेमा कुरा गर्दा बेरोजगराहरुले रोजगारी पाउने कुरा मैले त्यसलाई खासगरी परम्परागत कृषिमा थुप्रिएको जुन श्रम छ त्यसलाई उद्यममा ल्याउने कुरा, त्यसलाई रोजगारीमा ल्याउने कुरा नै अहिलेको क्रान्तिको, सर्वथा महत्वपूर्ण आर्थीक क्रान्तिको केन्द्रबिन्दु हुनुपर्छ भन्दै आएको छु । 

यसर्थमा फेरिपनि हामीले यो संकल्प यो दाबी हामीले देखेका छौं की पाँच लाख रोजगारी फेरिपनि सिर्जना हुनेछ । त्यो भनेको अहिले जुन दर हाम्रो विदेश जाने दर छ त्यो भन्दा बढी हो । यसर्थमा, श्रम बजारमा जति मान्छे अहिले आउँछन् ती सबै मान्छे एक वर्षमा आउने युवा श्रमश्रक्ति छ त्यो चाँही यसमा आउँछ भन्ने दाबी यसमा गरिएको छ । यसर्थमा मैले यसलाई सपोर्ट गरेको हुँ ।

प्रश्न यहाँ एउटा बजेटको होइन, आजको यो जुन व्यवस्था छ यसलाई क्रान्तिपछि हामीले प्राप्त गरेको व्यवस्था भन्ने हो भने यो क्रान्ति ल्याउनका लागि लागेका, लडेका सबै दलशरुको राजनीतिक शक्तिहरुको, सामाजिक शक्तिहरुको पनि चासोको कुरा होकी यो बजेटको कुरा होइन हाम्रो बजेटहरुको कुरा हो । अरु कुरा छाडेर पछिल्लो बीस वर्ष करिब भयो होला हाम्रो साधरण खर्चभन्दा पूजीँगत खर्च कम हुँदै गयो । आज यस्तो स्थिति भयो की, हामीले ९ खर्ब ८१ अर्ब पूजीँगत हुनेछ र ९ खर्ब ५७ खर्ब साधरण हुनेछ, चार खर्ब ८ अर्ब पूजीँगत हुनेछ । वस्तुतः त्यो सैद्धान्तिक रुपले भन्ने हो भने, १ खर्ब ६७ अर्बको वित्तिय व्यवस्था छ त्यो पनि साधरण नै मान्नुपर्छ । किनभने, त्यो उत्पादनमा लाग्ने पैसा होइन् । 

यसहिसाबले हेर्ने हो भने बजेटको ७४ प्रतिशत साधारण भन्न मिल्ने खर्च छ । २६ प्रतिशत पूँजीगत खर्च छ । यसको अर्थ के हो भने, हाम्रो अर्थतन्त्र नै आत्महन्ता अर्थतन्त्र हो । यो आफैं खान्छ र आफ्नो जीवनशक्तिलार्य मार्दै जान्छ । हेर्दा ठिकै देखिन्छ, खाइरहेकै देखिन्छ । म आजको मात्रै कुरा गर्दै छैन, गएको वीस वर्षदेखि यस्तो प्रक्रिया हुँदैछ । यस्तो प्रक्रिया अहिले मात्र हुँदै छैन, धेरै पहिलादेखि नै चलिरहेको छ । आज हामी यो फेर्छौं की फेर्दैनौं भन्ने प्रश्न अर्थमन्त्रीको प्रश्न, प्रधानमन्त्रीको प्रश्न कुनै सत्ताधारीको प्रश्नभन्दा बृहत प्रश्न हो । यो आजको राष्ट्रिय प्रश्न हो राष्ट्रिय विमर्शको प्रश्न हुनपर्छ भन्ने लाग्छ । 

त्यसैले, जसले ११ खर्ब खान्छ र जम्मा ४ खर्ब लगानी गर्छ यही स्थिति रहिरहने हो ? यत्रो समयपछाडी हामीले क्रान्ति गर्यौं, त्यो क्रान्तिले यसलाई फेर्छ की फेर्दैन ?  यसको संरचनात्मक परिवर्तन गर्छ की गर्दैन ? इतिहासबाट हामीलाई मुक्त पार्छ की पार्दैन भन्ने प्रश्न चाँही आजको सर्वथा महत्पूर्ण हो । तर, सैद्धासन्तक रुपमा भन्नुपर्दाचाँही यसको बारेमा कम छलफल चल्ने गरेको छ । यस्तो विषयमा ।

धेरै वर्षअघि एकपटक राजेश्वर देवकोटाले भन्नुभएको थियो, ‘हामी पञ्चायतमा किन लागेको भन्दा राजाले साँच्चै रामराज्य ल्याउँछन भनेर लागेको हो । हामी साँच्चीकै देश बनाउँछौं भनेर लागेका हौं । न्यायपूर्ण र राम्रो समाज हुन्छ भनेर नै लागेका हौं । पछि जब, ०२६र०२७ रेजाशाहा पहलबीको निम्तामा राजा महेन्द्र इरान गए । त्यहाँ गएपछि त्यहाँको शान शौकत जुन राजाको देखे उनले अब मनोमानी गर्न थाले ।’ यो राजेश्वरले भनेको शब्द मैले भनेको हुँ । अब ती सार्वजनिक संस्थानहरुमा जुको झैं टासिंएर तीनको दोहन गर्न थाले, अन्य प्राकृतिक साधनतिर पनि दरबारका नजरहरु यसरी लाग्न थाले र यसरी गएर अब हिजोको राजनीतिक र अर्थतन्त्र एकठाउँमा मिल्न थाल्यो । दरबार विस्तारै दलाल पूजीँवादको नेता बन्न थाल्यो । हाम्रो अर्थतन्त्र त पराधिन छँदै थियो । पराधीन अर्थतन्त्रको दलाल पूजीँवादी नेता भएर यस्तो अर्थराजनीतिको गठबन्धन भएर यसरी हाम्रो रामराज्य करिब करिब पञ्चायतको अन्त्यसम्म आइपुग्दा हाइज्याक नै भएको थियो भनेर उहाँले भन्नुभएको थियो ।

यस्तो नेक्ससको कुरा, दलाल पूजीँपतिहरु र राजनीतिक मान्छेहरुको नेक्ससको कुरा यहाँको मात्रै होइन् । ०६१ मा हो क्यार, आइजन आवरले अमेरिकाका राष्ट्रपति हिँड्दैगर्दा एउटा विज्ञप्ति दिएका थिए । तीनले मिलिटरी र इन्डस्ट्रिको नेक्सस हाम्रो डमस्प्रोसिभका लागि खतरा हो भनेर महत्वपूर्ण भाषण गरेका छन् । त्यो भनेको युद्धका यु्द्ध सामग्री उत्पादकहरुले त्यहाँको सत्तालाई, सांसदहरुलाई मिडियालाई अमेरिकामाथि युद्धको त्रास देखाएर हतियार किन्न लगाउने । र यसरी मिलिटरी र इन्डस्ट्रीको नेक्ससले करिब करिब त्यहाँको डेमोक्रेसीमाथि खतरा मडराइरहने कुरा गरेका थिए र त्यो अहिले तथ्याङ्कमा हेर्ने हो भने एक्लै अमेरिकाको हतियारमा लाग्ने खर्च त्यसपछिका अरु सबै पहिलो दोस्रो तेस्रो चौंथो गर्दा ११/१२ वटा मुलुकको हतियारमा लाग्ने खर्च अमेरिकाले व्यहोर्छ । जुन कुरा आइजन आवरले भनेका थिए । 

हाम्रो सन्दर्भमा पनि यो विषयमा छलफल गर्न पर्छ की पर्दैन ? मैले बजेटको कुरा मात्र होइन, बजेट त हाम्रो अर्थतन्त्रको अर्थव्यवस्थाको एउटा कुरा हो । भने हामीले यस्ता विषयमा छलफल गर्ने की नगर्ने ? भन्ने प्रश्न चाँही मैले उठाउन चाहेको हुँ । यसो गर्दाचाँही, म के देख्छु भने त्यो पराधीन अर्थतन्त्रको नेता दलाल पूजीँपति हो । जसले त्यही युद्धका व्यापारी जस्तो सारा प्रपञ्च गर्छ र राज्यलाई डोर्याइरहन्छ । यो होकी होइन ? आजसम्मका भ्रष्ट्राचार र वेथितिहरुमा माथिसम्मका मान्छेहरुको राजनीतिले तीनको नियन्त्रणले यो कुरा गाइड गर्छ की गर्दैन भन्ने कुरामा हामीले छलफल गर्नुपर्छ ।
 
यसले मन्त्री वा प्रधानमन्त्री भएका केही मान्छे मात्र बिगारेको छैन, त्यसले त पार्टीहरुलार्यै समेत एकहिसाबले भन्ने हो भने कब्जा गरिसकेको छ । राजनीतिक पार्टीमा पनि अहिले के भएको छ भने नकमाएको सम्पतिमा बाँच्ने मान्छेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । र यसले राजनीतिक पार्टीहरुलाई मैले वर्ग विश्लेषण गरेकोथिएँ । अब दलाल पूजीँवादको वर्गको स्तर विश्लेषण गर्ने हो भने माथि निर्देशकहरु छन् । उनीहरुले राज्यलाई के गर्नुपर्छ, बाहीर के गर्नुपर्छ जस्ता कुराहरुलाई खटनपटन गर्छ । तीनीहरु तलतिर व्यवस्थापकहरु छन् । त्यो दलाल पूजीँपतिहरुको स्ट्रक्चरमा पार्टीहरुभित्र ती व्यवस्थापकहरु छन्, जसले तलको त्यो उपभोक्ता समतिदेखि खोला खानीसम्मको नियन्त्रण गर्छ । 

तिनका वरपर धेर छन भन्न सकिन्छ, तीनले कसैलाई अलिकति पैसा दिएर बोल्न र लेख्न लगाउँछन र जनमत बनाइरहन्छन् । त्यसको वरपर ठ्याक्कै भन्ने हो भने अर्को एउटा समूह छ, त्यसलाई लडाकु समूह भन्दा हुन्छ । त्यसले त्यो व्ययवस्थापकीय र निर्देशक पक्षमा काम गर्छ । त्यो भन्दा तलपट्टि त आसेपासे नै भइहाले । 

यसरी राजनीतिक पार्टीहरु माथिदेखि तलसम्म यो प्रक्रियामा मुसिएका छन र तीनीहरुले समाजलाई नै निरन्तर भ्रष्ट बनाउँदै छन् । यसरी भ्रष्ट्रचार समाजमा बलवान बन्दैछ । र भ्रष्ट्राचारले समाजमा दुस्चक्र चलिरहेको छ । यो दुस्चक्र नतोड्ने हो भने राजाले सुरु गरेको र हामीले त्यसलाई नियमन गर्न नसकेको कुनै न कुनै हिसाबले जानेर वा नजानेर बढिरहेको दुस्चक्र निरन्तर रुपमा बढ्नेजस्तो देखिन्छ । यसले गर्दा, प्रजातन्त्रमा आउने खतरा, विधिविधानमा आउने बलमिच्याँई, कहिले राजयबाट त कहिले बाहीरबाट, यी तमाम विकृतिहरु यीनैबाट आउँछन र  खास बेलामा तीनीहरुको एकता पनि त्यसैबाट गराउँछ ।
 
कुनैबेलामा भन्न सकिन्छ र मैले भन्ने गरेको छु, अरबभन्दा माथिका भ्रष्ट्राचारहरु तल ब्यूरोक्रेसीले मात्र  गर्छ । यद्यपी, कहिलेकाँही कारबाही गर्दा त्यही ब्यूरोक्रेसीकै मान्छेहरु पर्छन । तर, यहाँ निसन्देह भन्न सकिन्छ की ठूला घोटलाहरुमा त्यो एक्लै गर्न सकिन्नँ ।  एक हिसाबले भन्न सकिन्छ, त्यो राष्ट्रिय सहमति बन्न सक्छ । 

त्यो मिलिटरी, इन्ड्रस्ट्री जस्तै हाम्रो पनि त्यो दलालपूजीँवाद र परजिवी राजनीति संरचनाको नेक्ससले हामीलाई निरन्तर हाम्रो विकास, स्वतन्त्रता जस्ता विषयलाई खुम्चाइरहेको हुन्छ । यसतर्फ हामीले स्वच्नपर्छ, मैले बजेलाई समर्थन गर्दै यी विषयहरुलाई यहाँ राखेको हुँ । यस्ता विषयलाई हामीले राजनीतिक छलफलको विषय बनाउनुपर्छ ।

यसो हेर्दा, हामी त बजेटधारी हौं, हामीले सत्ता चलाउनपर्छ । नीति बनाउनपर्नेछ । लागू गर्नपर्ने छ । अनेक काममा व्यस्त छौं भनेपनि कमसेकम प्रतिपक्षिले केही गर्छकी भनेको प्रतिपक्ष त त्यो पराजयको पीडाले अझै ब्यूझिँएको पनि छैन् । यसरी घाइते भएको छ की त्यो उठेको पनि छैन् । 

प्रतिपक्षीले अस्ति जनजागरणको विषय उठाउँदै थियो, कहीँ यस्ता विषयमा कुरा गर्दैन् । एकदमै खुद्रा विषयमा कुरा गर्छ । यो मुलुकका खास समस्याको विषय के हो ? अझ भन्दा, दलाल पूजीँवाद जसले हाम्रो सम्पूर्ण चिजलाई जगट्छ त्यसको बारेमा बोल्छ भन्दा कहीँ सुनिँदैन् । तीनका भाषणहरुमा सुनिँदैन, तीनका वक्तव्यहरुमा सुनिँदैन् । यसले गर्दा, हामी खतरामुक्त छैनौं । यसर्थ, हाम्रो लोकतान्त्रीक गणतन्त्र खतरामुक्त छैन भन्ने लाग्छ मलाई चाँही । 

प्रदीप गिरीले बजेटको छलफलका क्रममा भन्नुभएको जस्तो, ग्रोथ र सोसल जस्टिस संगसंगै जाँदैन, जाँदैन जाँदैन भनेको सुनेको हुँ मैले । यो जाँदैन भन्नुभएको छ । यो प्रश्न ठूलो प्रश्न थियो । तर वस्तुतः हामीले यसमा पनि कहिल्यै छलफल गरेनौं । हामी समृद्ध समाजवादको कुरा गरिरहेका छौं  भने यो प्रश्न सैद्धान्तिक रुपले पूरा गरेर जानपर्ने हो । जहाँसम्म लाग्छ, छलफल गर्दै जाने हो भने एकातर्फ समाजवाद भनेको बाड्ने मात्र जाने हो भन्ने चेतना । अर्कोतिर, विकास भनेको ग्रोथ मात्र हो भन्ने कुरा । त्यो एनसेल ग्रोथ जसले १० करोड एफडिआई लिएर आउँछ र ५३ अरब त घोटला मात्र गर्छ । यो खालको ग्रोथ र त्यो खालको समाजवादकाबीचमा समाधान फेरि पनि माक्सर्वाद हो । माक्र्सवादले हामीलाई यहाँनिर गाइड गर्छ । यसले के भन्छ भने समाजवाद ऐतिहासिक हुन्छ । 

हरेक युगमा समाजवादतर्फको यात्रा त्यही युगको उत्पादक शक्तिले व्याख्या गर्छन् । यदी यसो हो भने आज हामीले गर्ने कस्तो हो भनेर एक लाइनमा भन्दा आजको समाजवाद सम्भवत १० वर्षको लागि समाजवाद भनेको काम नपाएकाहरुले काम पाउने, बेरोजगारहरुले काम पाउने अझ भन्दा काम गर्नसक्नेहरुले काम पाउने र नसक्नेहरुले संरक्षण पाउने राज्य आगामी १० वर्ष १५ वर्षका लागि हाम्रो समाजवाद हुनेछ । र त्यही दौरानमा हामीले समृद्धि पाउने गर्छौं । र त्यही समृद्धिको दौरानमा हामीले १० वर्ष १० वर्षपछि समाजवादको अर्को यात्राका लागि अर्को ऐतिहासिक यात्रामा प्रवेश गर्छौं ।

(भुसाल नेकपाका हुन् ।)

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संविधान दिवस : ‘संक्रमणकाल अन्त्य गर’

  • ३ असोज, २०७६

नेपाली नागरिक, नेपाली राजनीति, नेपाली अर्थनीति, नेपाली समाज समग्रमा नेपाल विगत १३ वर्षभन्दा लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको छ । त्यसअघिको

मन्त्री दुलालसंगको यात्रा संस्मरण : १२ घन्टाका १४ कार्यक्रम...

  • २ असोज, २०७६

‘देश सकियो, देशलाई सुन्दरताबाट कुरुपतातिर लगे । नेपाली राजनीतिमा युवा सहभागिता भएन् । नेतृत्वमा बुढाहरुको बाहुल्यता धेरै हुनु नै देशको दुर्भाग्य

'देश नमरोस्'

  • ३१ भदौ, २०७६

त्यसो त वकवासहरू नहुने हो भने सत्यहरू एक्ला हुन्छन् । ब्युँझेकाहरू नहुने हो भने सुतेकाले शाासन गर्दछन् । सबभन्दा कठिन सुतेकाहरूको शासनमा हुन्छ ।