• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:07 am

तीन स्रष्टा सम्मानित हुने

नुवाकोट– नुवाकोट साहित्य प्रतिष्ठान नेपालले तीन जना स्रष्टालाई २०७६ साहित्य सम्मान गर्ने भएको छ । विगत डेढ दशकदेखि नेपाली भाषा साहित्यमा क्षेत्रमा विशेष योगदान दिएका स्रष्टाहरुलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण अमरले बताए ।
प्रतिष्ठानले महामण्डल साहित्य सम्मानबाट नवराज लम्साल धादिङ, कमलानिधी तथा जगनिधी गजुरेल स्मृति साहित्य सम्मान जीवनाथ धमला ओखलढुंगा, र महामण्डल युवा साहित्य सम्मानबाट काभे्रकी विना थिङलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । 
उक्त सम्मान आगामी असार १४ गते नुवाकोटमा साहित्यक कार्यक्रम गरेर सम्मान गर्न लागिएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिको बैठकले निर्णय गरेको हो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रिय प्यारु

  • ३२ जेठ, २०७६

प्रिय प्यारु ,  सङ्गै हिड्नु छ–जीवनको साँगुरो गल्ली हात समाउदै हास्दै , रमाउदै । हिड्दा–हिड्दै कतै, आँखामा आँखा जुध्यो भने सम्झनु हामी बिस्वासको

कथा : महानगरभित्र

  • ३२ जेठ, २०७६

बिहानको करिब दस बज्दै थियो । म दरबारमार्गमा सडक पार गर्ने मौका कुरिरहेको थिएँ । त्यसैबेला कसैले पछाडिबाट मेरो पाखुरामा च्याप्प समातेपछि म झस्किँदै

प्रदूषणका कुहिएका चल्लाहरू

  • ३२ जेठ, २०७६

जेठोदाइ आउँदा  कूचो लगायौ तिमीले  तर अहँ कूचो होइन दक्षिणको किटाणु भित्र्यायौ तिमीले ।  नाराउखान र हावाहुरीको  भुँवरी चलायौ