• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

तीन स्रष्टा सम्मानित हुने

नुवाकोट– नुवाकोट साहित्य प्रतिष्ठान नेपालले तीन जना स्रष्टालाई २०७६ साहित्य सम्मान गर्ने भएको छ । विगत डेढ दशकदेखि नेपाली भाषा साहित्यमा क्षेत्रमा विशेष योगदान दिएका स्रष्टाहरुलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण अमरले बताए ।
प्रतिष्ठानले महामण्डल साहित्य सम्मानबाट नवराज लम्साल धादिङ, कमलानिधी तथा जगनिधी गजुरेल स्मृति साहित्य सम्मान जीवनाथ धमला ओखलढुंगा, र महामण्डल युवा साहित्य सम्मानबाट काभे्रकी विना थिङलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । 
उक्त सम्मान आगामी असार १४ गते नुवाकोटमा साहित्यक कार्यक्रम गरेर सम्मान गर्न लागिएको हो । प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिको बैठकले निर्णय गरेको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर