• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

वाइडवडी प्रकरण : भूक्तानी गरेको रकम फिर्ता गर्न निर्देशन दिने संसदीय समितिको तयारी

काठमाडौं । ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको भनिएको वाइबडी खरिद प्रकरणमा भूक्तानी गरेको रकम फिर्ता गर्न निर्देशन दिने संसदीय समितिले तयारी गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपसमितिले तयार पारेको प्रतिवेदन पेश भएको थियो । 

उक्त प्रतिवेदन थप अध्ययनका लागि उपसमिति सदस्यहरुलाई वितरण गरिएको छ । ४५ पृष्ठ लामो प्रतिवेदनको पृष्ठ १९ मा निदेशन खण्डमा भनिएको छ–‘मुल्यवृद्धि अन्तर्गत भूक्तानी गरिएको रकम फिर्ता गराउन नेपाल सरकारलाई निर्देशन दिने । निगम व्यवस्थापनले आफैं मुल्यवृद्धिको सुत्र निकाली ठूलो रकम थप गरी भूक्तानी दिएकाले सो कम्पनिले लिएको रकम फिर्ता गर्न पहल गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिने ।’

उपसमितिले विमान खरिद प्रक्रियामा खरिदकर्ता र विक्रेताबीच मिलेमत्तो गरेर मूल्यवृद्धि गरेको निष्कर्ष निकाल्दै सबै कम्पनिसंग जहाज खरिदसम्बन्धी बोलपत्रमा आवश्यक पर्ने आर्थिक कारोबारको प्रक्रियाका सम्पूर्ण कागजातहरु पारदर्शी ढंगले अनुसन्धान गर्न सम्बन्धीत निकायलाई निर्देशन दिने निष्कर्ष निकालेको छ ।

नेकपाका सांसद दीपकप्रकाश भट्ट नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदन आजको समितिमा पेश भएको थियो । स्रोतका अनुसार अन्तर्राष्ट्रिय समितिले प्रस्तुत गरेको प्रतिवेदन नै असपष्ठ भएकाले झनै शंका उब्जिएको छ । 

समितिका सदस्य अग्नि प्रसाद सापकोटाका अनुसार उपसमितिको प्रतिवेदन आएको तर प्रतिवेदनमाथि थप छलफल गरेर मात्र समितिले आवश्यक छलफल गरेर मात्र अघि बढ्न पर्ने भएकाले समितिका सदस्यलाई प्रतिवेदन वितरण गरिएको छ ।

उक्त प्रतिवेदन समितिका सभापतिले गोप्य रुपमा अध्ययन गर्न तर सार्वजनिक नगर्न आदेश दिएका थिए । तर, समाचार दैनिकले समिति उच्च स्रोतबाट प्रतिवेदन प्राप्त गरेको छ । प्रतिवेदनमा सम्बन्धीत निकायलाई यसबारे थप छानबीन गर्नका लागि निर्देशन दिने उल्लेख छ । 

शुक्रबारको समितिको बैठकमा पत्रकारहरुका लागि पनि प्रवेश निशेष गरिएको थियो । 

प्रतिनिधिसभाकै सार्वजनिक लेखा समितिमा कांग्रेस सांसद राजन केसी संयोजगत्वको उपसमितिले भने वाइडबडी खरिद प्रकरणमा  तत्कालिन बहालवाला दिवगंत मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जीवन  शाही, जीतेन्द्र देव, वायुसेवा निगमका प्रबन्ध निर्देशक  सुगतरत्न कंसाकार लगायतलाई दोषी ठहर गर्दैं कारबाहीका लागि सिफारिस गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर