नायक भूवनले गरे नायिका रिमासँग बिहे

काठमाडौं । नायक भूवन केसीले  नायिका रीमा विश्वकर्मासँग बिहे गरेका छन् । तर, भूवन केसी र रीमा विश्वकर्माको बिहे रियलमा भने भएको होइन । यतिबेला, नवलपरासीमा छायांकन भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको बिहेको दृश्य खिचिएको हो ।

नायक भूवन केसी र नायिका रीमा विश्वकर्माले चलचित्रको पर्दामा धेरै पटक बिहे गरिसकेका छन् । रियल लाइफमा पनि दुबैले बिहे गरिसकेका छन् । राष्ट्रियताको कथामा निर्माण भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा भूवन केसीको दोहोरो भूमिका छ ।प्रेमराज दाहालको लगानीमा बनिरहेको यो चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन रहेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर