• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:38 am

काठमाडौंका नेवार समुदायले मनाए सिथि नखः पर्व [फोटोफिचर]

काठमाडौं । काठमाडौं उपत्यका लगायतका नेवार समुदायले शनिबार (सिठी नख) सिथि नखः पर्व मनाएको छ । हरेक वर्ष नेवार समुदायले यो पर्व जेष्ठ शुक्ल षष्ठी अर्थात कुमार षष्ठी को दिन मनाउने गरेको छ । यो पर्वसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या धान रापाईँ (स्थानीय भाषामा ज्याः) शुरु हुने भएकोले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रूपमा समेत लिइन्छ । भगवान् कुमारको जन्मदिनका रूपमा उनको पूजा गर्ने चलन छ । सिथि नखःमा विशेषगरी पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गरिन्छ । वर्षातका वेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दुषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्नु यो पर्व विशेषता हो । यस दिन बारा लगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षा याममा धान खेती गर्न बल पुग्ने जनविश्वास छ । काठमाडौंका नेवार समुदायले उक्त पर्व मनाउँदाका तस्बिरहरु समाचार दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानाले आफ्नो क्यामेरामा कैद गरेका छन् । हेरौं केही तस्बिरहरु :

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

Blue light illuminates mark World Refugee Day at Gaddhi Baithak (Photo Feature)

  • ५ असार, २०७६

kathmandu, 20 june . Blue light illuminates the historic Gaddhi Baithak to mark World Refugee Day at Basantapur Durbar

कञ्चनपुरका थारु समुदाय : घाँसबाट यसरी बनाउँछन सुन्दर सामाग्रि [फोटोफिचर]

  • ५ असार, २०७६

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४, नयाँबस्तीका स्थानीय राना, थारु समुदायका मानिसले बनाउने घाँसका आकर्षक सामानहरुले उचित बजार पाउन सकेको

माईतीघरमा देखिएकाे नेवा सँस्कृती

  • ४ असार, २०७६

काठमाडाैं । सरकारले गुठी विधेयक फिर्ता लिएपनि विभिन्न समुदायले बुधबार प्रदर्शनकाे कार्यक्रम फिर्ता गरेनन् । आफ्नो सांस्कृतिक झाँकी सहित प्रदर्शन