• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

रुपन्देहीमा एकको हत्या

बुटवल । रुपन्देहीको देवदहमा शनिवार राती कुटपीटमा परी एक जनाको हत्या भएको छ ।  रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी)हृदय थापाले शनिवार राती करिव १० बजे भएको घटनामा परी देवदह नगरपालिका ८ का २८ वर्षिया सुमन थापाको ज्यान गएको बताए ।   

प्रहरीले गरेको अनुसन्धानमा समुहमा बसी मदिरा सेवनपछि झगडामा परिणत हुदा  कुटपीटको घट्ना भएको पाइएको एसपी थापाले बताए  । उनका अनुसार कुटपीटबाट घाइते भएका थापाको उपचारका क्रममा ज्यान गएको  र घट्नामा संलग्न भएको आशंकामा ५ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । 

मदिरा सेवनपछि खुकुरी हानाहान समेत भएको र थापालाई कुट्ने एक जना सामान्य घाइते समेत भएको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर